News Portal

भाउजुसँग मिलेर श्रीमानले गरे श्रीमतीको हत्या

हिमालीसंचार संवाददाता
५११ पटक

१७ भदौ, २०७९ शुक्रबार
बारा। बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो।

प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी भाउजु २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको छ।

हत्यामा उनीहरुको संलग्नता रहेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए। बिहीबार बिहान सहनाज खातुनको मृत्यु भएको प्रहरीले सूचना पाएको थियो।

घटना शंकास्पद देखिएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो। मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएको थियो।

प्रहरीले घटनाको अनुसन्धानका लागि सहनाजका श्रीमान सैमोदिनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरेको एसपी बोगटीले बताए।

हत्यामा उनकी भाउजु अप्सनाको पनि संलग्नता खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। जिल्ला अदालतबाट ७ दिन म्याद लिएर उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...