News Portal

तामाङ भाषाको चलचित्र ‘काख्रे’ नेपाल लगायद मलेशियामा प्रदर्शन हुने

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं – तामाङ भाषाको चलचित्र ‘काख्रे’ आगामी भदौं २६ गते मलेसिया, असोज १ गते भक्तपुरको सुर्यविनायक स्थित बाराही हलमा विशेष प्रदर्शन हुने भएको छ ।

उक्त चलचित्रमा एकजना गरिब युवा शहर छिरेपछि उनले शहरमा बेहोर्नुपरेको पीडादायी कथाबस्तु बोकेको काख्रे चलचित्रमा नायक ऋतुराज पाख्रिन, कुइसाङ रुम्बा, नायिका सुनिता लुङबा लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको छ । 

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन रोशन फ्युवा तामाङले गरेका हुन । प्रबल थिङ, शेखर थापा, शंकर पुडौनी र सरिता तामाङको संयुक्त निर्माणमा उक्त चलचित्रको कथा नायक ऋतुराज तामाङले लेखेका हुन ।

काठमाडौं स्थित राष्ट्रिय नाचघरमा पहिलो पटक प्रदर्शन गर्दा केही प्राविधिक तथा व्यवस्थापनको समस्यको कारण आलोचना खेप्नु परेका चलचित्र युनिटले कतारमा सफलताको पुर्वक काख्रे प्रदर्शन गरिसकेपछि उपत्यकाको भक्तपुर र मलेसियामा प्रदर्शन गर्न लागेको हो ।

भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक ऋतुराज पाख्रिनले काठमाडौंमा प्राविधिक कारण खल्लो भएको चलचित्र पुर्ण तयारी साथ कतारमा प्रदर्शन गर्दा दर्शकहरुले एकदमै मन पराएको र अब जुन जुन ठाउमा प्रदर्शन हुदैछ त्यहाँ पनि दर्शकको मन जित्ने कुरामा ढुक्का रहेको बताए ।

दर्शक र शुभचिन्तकहरुले गरेका टिक्काटिप्पनी र आलोचनाको कारण नै सिक्ने अवसर पाएकाले दर्शकहरुले दिएका प्रतिक्रियालाई आफुले भगवानको प्रसाद सम्झेर ग्रहण गर्ने अनि अझै राम्रो तामाङ चलचित्रमा निमार्णमा जोडदिने बताए । 

विशेषगरी तामाङ चलचित्रका निर्माताहरुले फिल्म बनाएपछि हलमा प्रदर्शन गर्न आँट नगरेको प्रति नायक तामाङले गुनासो समेत गरेका छन् । उनले भने ‘निर्माताहरु लाखौं खर्च गरेर फिल्ममा लगानी गर्ने तर हलमा प्रदर्शन गर्न खर्च नगर्ने बानीका कारण तामाङ चलचित्र च्यारिटि शोमा सिमित भयो, अब हलमा अरु भाषाका चलचित्र जसरी नै प्रदर्शन गर्ने हिम्मत निर्माताहरुले गर्नुपर्छ ।’

आयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष असमान वाइबा, राष्ट्रिय खेलाडी सागर घिसिङ, काख्रेका निर्माता प्रबल थिङ लगायत कलाकारहरुको सहभागी रहेका थियो । 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...