News Portal

तामाङ भाषाको चलचित्र ‘काख्रे’ नेपाल लगायद मलेशियामा प्रदर्शन हुने

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं – तामाङ भाषाको चलचित्र ‘काख्रे’ आगामी भदौं २६ गते मलेसिया, असोज १ गते भक्तपुरको सुर्यविनायक स्थित बाराही हलमा विशेष प्रदर्शन हुने भएको छ ।

उक्त चलचित्रमा एकजना गरिब युवा शहर छिरेपछि उनले शहरमा बेहोर्नुपरेको पीडादायी कथाबस्तु बोकेको काख्रे चलचित्रमा नायक ऋतुराज पाख्रिन, कुइसाङ रुम्बा, नायिका सुनिता लुङबा लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको छ । 

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन रोशन फ्युवा तामाङले गरेका हुन । प्रबल थिङ, शेखर थापा, शंकर पुडौनी र सरिता तामाङको संयुक्त निर्माणमा उक्त चलचित्रको कथा नायक ऋतुराज तामाङले लेखेका हुन ।

काठमाडौं स्थित राष्ट्रिय नाचघरमा पहिलो पटक प्रदर्शन गर्दा केही प्राविधिक तथा व्यवस्थापनको समस्यको कारण आलोचना खेप्नु परेका चलचित्र युनिटले कतारमा सफलताको पुर्वक काख्रे प्रदर्शन गरिसकेपछि उपत्यकाको भक्तपुर र मलेसियामा प्रदर्शन गर्न लागेको हो ।

भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक ऋतुराज पाख्रिनले काठमाडौंमा प्राविधिक कारण खल्लो भएको चलचित्र पुर्ण तयारी साथ कतारमा प्रदर्शन गर्दा दर्शकहरुले एकदमै मन पराएको र अब जुन जुन ठाउमा प्रदर्शन हुदैछ त्यहाँ पनि दर्शकको मन जित्ने कुरामा ढुक्का रहेको बताए ।

दर्शक र शुभचिन्तकहरुले गरेका टिक्काटिप्पनी र आलोचनाको कारण नै सिक्ने अवसर पाएकाले दर्शकहरुले दिएका प्रतिक्रियालाई आफुले भगवानको प्रसाद सम्झेर ग्रहण गर्ने अनि अझै राम्रो तामाङ चलचित्रमा निमार्णमा जोडदिने बताए । 

विशेषगरी तामाङ चलचित्रका निर्माताहरुले फिल्म बनाएपछि हलमा प्रदर्शन गर्न आँट नगरेको प्रति नायक तामाङले गुनासो समेत गरेका छन् । उनले भने ‘निर्माताहरु लाखौं खर्च गरेर फिल्ममा लगानी गर्ने तर हलमा प्रदर्शन गर्न खर्च नगर्ने बानीका कारण तामाङ चलचित्र च्यारिटि शोमा सिमित भयो, अब हलमा अरु भाषाका चलचित्र जसरी नै प्रदर्शन गर्ने हिम्मत निर्माताहरुले गर्नुपर्छ ।’

आयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष असमान वाइबा, राष्ट्रिय खेलाडी सागर घिसिङ, काख्रेका निर्माता प्रबल थिङ लगायत कलाकारहरुको सहभागी रहेका थियो । 

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...