News Portal

  • किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ भाद्र १७ गते प्रदान गर्दै

    हिमालीसंचार संवाददाता
    २७८ पटक

    काठमाडौं – किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ यहि भाद्र १७ गते शुक्रबार वितरण गरिने भएको छ। किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि प्रारम्भिक सूचीमा सात वटा कृति छनौट गरेको थियो। सात वटा कृति मध्य राजकुमार दिक्पालद्वारा लिखित “आदिबासी बिद्रोहको ईतिहास” र विप्लव ढकालद्वारा लिखित “भोजपुरको बाङमय” यी कृति पुरस्कृत हुने भएको हो।

    एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल बिनाबीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’  लगायदका कृतिहरु छनौट गरिएको थियो।

    कोरोना महामारीको कारण स्थगित भएको कार्यक्रम यो बर्षदेखि निरन्तरता दिन लागेको हो। एकेडेलीले समाजका सबैखाले विभेदबाट उन्मुक्ति, सामाजिक न्याय तथा अग्रगामी बैचारिक आधार सर्त र उदेश्यहरुको निर्धार्ण मापदण्द राखिएको छ। मापदण्ड र उदेश्यअनुसारको ईतिहास, संस्कृति, राजनीति, अध्यायन, अनुसन्धान तथा कला/साहित्य आदि सबैलाई हेरेर कृतिलाई पुरस्कृत गर्ने एकेडेमीको अभियानअनुसार यसपटक एकेडेमिले प्राप्त समकालीन कृतिहरुमध्य एकेडेमिले यसपालीको तेस्रो सृङखलामा यी दुई कृतिहरुलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनौट समितिका सदस्य आशकुमार राईले हिमालीसंचारडटकमसंग बताए।

    किरात एकेडेमी सन् २०११ मा स्थापना भएको हो। यसअघि यो पुरस्कार युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’लाई प्रदान गरिएको थियो। तर, कोभिड-१९ महामारी र उद्देश्य अनुकूलका कृति अभावमा पुरस्कार केही वर्ष स्थगित भएको समेत सदस्य राईले बताए । प्रारम्भिक सूचीमा परेका कृतिबाटै पुरस्कारका लागि छनोट गरिएको सदस्य राईले बताए । पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...