News Portal

  • मोना कुवेतको तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    कुवेत– म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा २६ अगष्ट शुक्रवारको दिन तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो।

    कार्यक्रममा अध्यक्ष मान बहादुर फगामीको सभापतित्व र आईइसी मध्यपूर्व उपसंयोजक तथा मोना कुवेतका सल्लाहकार दिपक छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो।मोना कुवेतले तेश्रो वर्ष पूरा गरेको उपलक्ष्यमा पानसमा दिप प्रज्वलन गरी केक काटेर मनाएको थियो। कार्यक्रम संचालन महासचिव तेजिन्द्र श्रेष्ठले गरेका थिए।

    वरिष्ठ उपाध्यक्ष नन्द बरुवालले सस्थाको आयव्यय प्रस्तुत गरेको थिए भने सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गरेका थिए। नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको विशेष अवसरमा शुभकामना आदानप्रदान सहित चेलीबेटीलाई सम्मान पनि गरेको थियो। सस्थापक कोषाध्यक्ष कृष्ण प्रसाद खडकाको निधन भएको र अन्य पदाधिकारी तथा सदस्य कुवेत बसाईलाई बिट मारी स्वदेश फर्किएको हुदा कार्य समितिमा पद रिक्त रहेको थियो ।

    मोना कुवेतको २०२१~२०२३ कार्य समितिको कोषाध्यक्ष पदमा गंगाधर गौत्तम सह-कोषाध्यक्षमा तार्जन पुन, प्रवक्तामा अंकित गैरे सर्वसम्मत चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा भक्त हर्मेल, बिमल पुन , चुन बहादुर रोका, लिल बहादुर रोका, नारायण थापा, गौदेबी फगामी, मनदेबी गुरुङ, सुवास साप्कोटा र नविन थापा सर्वसम्मत चयन भएका छन। कार्यक्रममा म्याग्देलीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...