News Portal

मोना कुवेतको तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२८१ पटक

कुवेत– म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा २६ अगष्ट शुक्रवारको दिन तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा अध्यक्ष मान बहादुर फगामीको सभापतित्व र आईइसी मध्यपूर्व उपसंयोजक तथा मोना कुवेतका सल्लाहकार दिपक छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो।मोना कुवेतले तेश्रो वर्ष पूरा गरेको उपलक्ष्यमा पानसमा दिप प्रज्वलन गरी केक काटेर मनाएको थियो। कार्यक्रम संचालन महासचिव तेजिन्द्र श्रेष्ठले गरेका थिए।

वरिष्ठ उपाध्यक्ष नन्द बरुवालले सस्थाको आयव्यय प्रस्तुत गरेको थिए भने सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गरेका थिए। नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको विशेष अवसरमा शुभकामना आदानप्रदान सहित चेलीबेटीलाई सम्मान पनि गरेको थियो। सस्थापक कोषाध्यक्ष कृष्ण प्रसाद खडकाको निधन भएको र अन्य पदाधिकारी तथा सदस्य कुवेत बसाईलाई बिट मारी स्वदेश फर्किएको हुदा कार्य समितिमा पद रिक्त रहेको थियो ।

मोना कुवेतको २०२१~२०२३ कार्य समितिको कोषाध्यक्ष पदमा गंगाधर गौत्तम सह-कोषाध्यक्षमा तार्जन पुन, प्रवक्तामा अंकित गैरे सर्वसम्मत चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा भक्त हर्मेल, बिमल पुन , चुन बहादुर रोका, लिल बहादुर रोका, नारायण थापा, गौदेबी फगामी, मनदेबी गुरुङ, सुवास साप्कोटा र नविन थापा सर्वसम्मत चयन भएका छन। कार्यक्रममा म्याग्देलीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...