News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्चले गर्ने हरितालिका तीजको सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
७०० पटक

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी १ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर बिहान ६.३० बजे कुबेत आईपुगने जानकारी नेपाल कुवेत साँस्कृतिक मञ्चका प्रवक्ता गोविन्द तिमल्सिनाले बताए।कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर १ बिहिवार बिहान ६.३० बजे गायिका देबि घति मगरलाई स्वागत गर्नकाे लागि कुवेतमा रहेका बिभिन्न संघ संस्था,पत्रकार, खेलाडी ,बुद्धिजीवी सबैलाई कुवेतकाे अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितकाे लागि अनुरोध गरेको छ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर हरितालिका तीज विशेष स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ। तर गत वर्षभने कोरोना भाइरस महामारी रोगका कारण कार्यक्रम हुन सकेको थिएन।

नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ।
साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका बरिस्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत साँस्कृतिक मञ्चकाे तर्फबाट अनुरोध गरेकाे छ।

नेपाल कुवेत साँस्कृतिक मंचको २० औं प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम निम्न मिति सयम र स्थानमा हुने

मिति :- ०२ सेक्टेम्वर २०२२ ,शुक्रबार
समय :- दिनको ठीक ०१ बजे
स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयक कुवेत !
आयोजक :- नेपाल कुवैत सांस्कृतिक मंच

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...