News Portal

  • नेपाल कुवेत साँस्कृतिक मञ्चले गर्ने हरितालिका तीजको सम्पुर्ण तयारी पुरा

    हिमालीसंचार संवाददाता
    ५७१ पटक

    कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी १ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर बिहान ६.३० बजे कुबेत आईपुगने जानकारी नेपाल कुवेत साँस्कृतिक मञ्चका प्रवक्ता गोविन्द तिमल्सिनाले बताए।कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर १ बिहिवार बिहान ६.३० बजे गायिका देबि घति मगरलाई स्वागत गर्नकाे लागि कुवेतमा रहेका बिभिन्न संघ संस्था,पत्रकार, खेलाडी ,बुद्धिजीवी सबैलाई कुवेतकाे अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितकाे लागि अनुरोध गरेको छ।

    नेपाल कुवेत साँस्कृतिक मञ्चले चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर हरितालिका तीज विशेष स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ। तर गत वर्षभने कोरोना भाइरस महामारी रोगका कारण कार्यक्रम हुन सकेको थिएन।

    नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ।
    साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका बरिस्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत साँस्कृतिक मञ्चकाे तर्फबाट अनुरोध गरेकाे छ।

    नेपाल कुवेत साँस्कृतिक मंचको २० औं प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम निम्न मिति सयम र स्थानमा हुने

    मिति :- ०२ सेक्टेम्वर २०२२ ,शुक्रबार
    समय :- दिनको ठीक ०१ बजे
    स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयक कुवेत !
    आयोजक :- नेपाल कुवैत सांस्कृतिक मंच

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...