News Portal

क्रोएसिया पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने पक्राउ

हिमालीसंचार संवाददाता
३०१ पटक

११ भाद्र २०७९, शनिबार
काठमाडौँ। नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति सात लाख लाग्छ र तलब १ लाख हुन्छ भनी विभिन्न व्यक्तिसँग २ लाख रकम लिएर सम्पर्कविहिन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिए।

वैदेशिक रोजगार विभागले ठगी गरी फरार देवानलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका देवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको सूचना अधिकृत रेग्मीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...