News Portal

राउटे मुखियाले प्रधानमन्त्री ओलीलाई कामै नलाग्ने प्रधानमन्त्री भनेपछि..

उजिर कार्की
११२२ पटक

सुर्खेतबाट दुई दिनको यात्रा तय गरेर काठमाडौँ आइपुगेका जंगलका राजा राउटेहरुले यस पटक प्रधानमन्त्रीलाई भेट्न पाएनन्। त्यही गुनासो बोकेर राउटे समुदायको टोली फर्किएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटेहरुको चाहना अधुरै रह्यो। ओलीले भेट्ने बचन दिएपछि सोमबार काठमाडौँ आएका राउटेका राजासहितको टोली शनिबार प्रधानमन्त्रीलाई नभेटी फर्किएको हो।

प्रधानमन्त्री ओलीले पटक–पटक राउटेलाई भेट्ने समय तोके पनि अन्तिममा व्यस्त भएकाले भेट्न नसकिने बताएपछि राउटेको टोली निरास भएको छ। दसैँ खर्च माग्न र आफ्ना समुदायका माग लिएर राउटेका राजासहित टोली आएको थियो।

प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएपछि राउटेका मुखियाले टोलीमै रहेका अरुसँग गुनासो गरे, ‘यिनी प्रधानमन्त्री त कामै नलाग्दा रहेछन्, अर्का प्रधानमन्त्री बनाउँ।’

राउटेका मुखियाले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनीहरुलाई लिन थानकोटसम्म गाडी पठाएको र आफैँ उपस्थित भएर खादा लगाइदिएको सम्झिएका छन्। राउटेले नेता नेपाललाई नै प्रधानमन्त्री बनाउन माग गरेका छन्।

राउटेलाई नभेटेपनि प्रधानमन्त्री कार्यालयले उनीहरुका माग सम्बोधन गर्ने बचन दिएको राउटेसँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन्।

राउटेले आफूहरु बसेको ठाउँमा स्वास्थ्य शिविर चलाउन, विद्यालयको व्यवस्था गर्न, सामुदायिक वन र गाउँका मान्छेले दुःख दिएको भन्दै शान्ति सुरक्षाको माग पनि उनीहरुको रहेको छ।

प्रधानमन्त्रीलाई भेटेर यी माग राख्ने उनीहरुको तयारी थियो। राउटेले स्वास्थ्य उपचारको अभावमा धेरै बच्चाहरु मर्ने गरेको उनीहरुको गुनासो छ। भत्ता बढाइदिन पनि उनीहरु माग गरेका छन्। राउटेले पाउँदै आएको मासिक दुई हजार रुपैयाँ भत्ता ५ हजार पुर्र्याइदिन उनीहरुले माग गरेका छन्।

राउटेको टोलीले चिडियाखाना, पशुपति र बालाजु औधोगिक क्षेत्रको भ्रमण गरेका थिए। बालाजु औद्योगिक क्षेत्रको सुतीको कारखानामा पुगेका उनीहरुले आफ्ना महिलालाई रातो रंगको ४ सय मिटर कपडा माग गरेका छन्। औधोगिक क्षेत्रका कार्यकारी निर्देशक नवलकिशोर बस्नेतले कपडा पठाइदिने बताएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...