News Portal

दाङमा गाडी धनीले बीमाको पैसा असुल्न गाडी जलाउन लगाए, गाडी धनीसहित तीन जना प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
३२५ पटक

दाङ – दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो। गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं. ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका-७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए। 

‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने, ‘विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्धेश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य खुल्यो।’

मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए। ‘आफैं आगो लगाएर बीमाबाट रकम असुल्ने नियत देखियो,’ एसपी काफ्लेले भने, ‘यसअघि गाडी साहुले आफूलाई गाडी देउखुरीतर्फ लगेकोबारे चालकले कुनै सूचना नदिएको भनेर झूट बोलेका रहेछन्।’

पक्राउपछि चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिकास्थित आफ्नो घरतर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागीपछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नुजस्ता कारणहरूले घटना शंकास्पद देखिएको यसअघि नै एसपी काफ्लेले बताएका थिए। 

‘अरू चार पाँच वडा गाडी गएपछि मात्रै हामीलाई आगजनीबारे खबर भएको थियो,’ एसपी काफ्लेले भने, ‘त्यहीबाट हामीलाई आशंका भएको हो र अनुसन्धान गर्दा हाम्रो आशंका सत्य साबित भयो।’ चालक र सहचालकले भने चार पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताउँदै आएका छन्। 

आगजनीबाट टिपरको अगाडिको भाग पूरै जलेर नष्ट भएको छ। विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै टिपर आफूहरूले आगजनी नगरेको यसअघि नै बताइसकेका थिए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...