News Portal

  • दाङमा गाडी धनीले बीमाको पैसा असुल्न गाडी जलाउन लगाए, गाडी धनीसहित तीन जना प्रहरी नियन्त्रणमा

    हिमालीसंचार संवाददाता
    २७३ पटक

    दाङ – दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

    घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

    उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो। गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं. ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका-७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए। 

    ‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने, ‘विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्धेश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य खुल्यो।’

    मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए। ‘आफैं आगो लगाएर बीमाबाट रकम असुल्ने नियत देखियो,’ एसपी काफ्लेले भने, ‘यसअघि गाडी साहुले आफूलाई गाडी देउखुरीतर्फ लगेकोबारे चालकले कुनै सूचना नदिएको भनेर झूट बोलेका रहेछन्।’

    पक्राउपछि चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिकास्थित आफ्नो घरतर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागीपछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नुजस्ता कारणहरूले घटना शंकास्पद देखिएको यसअघि नै एसपी काफ्लेले बताएका थिए। 

    ‘अरू चार पाँच वडा गाडी गएपछि मात्रै हामीलाई आगजनीबारे खबर भएको थियो,’ एसपी काफ्लेले भने, ‘त्यहीबाट हामीलाई आशंका भएको हो र अनुसन्धान गर्दा हाम्रो आशंका सत्य साबित भयो।’ चालक र सहचालकले भने चार पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताउँदै आएका छन्। 

    आगजनीबाट टिपरको अगाडिको भाग पूरै जलेर नष्ट भएको छ। विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै टिपर आफूहरूले आगजनी नगरेको यसअघि नै बताइसकेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...