News Portal

कुवेतमा नेपालीको बिकृती, आमाबाबू नेपालमा बच्चा कुवेतमै अलपत्र

हिमालीसंचार संवाददाता
४८५ पटक

कुवेत –  रोजगारिको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारिकै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिम तिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ उनिहरु दुवै जनाको आ-आफ्नो परिवार छन।

परिवारलाई नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका च्यातिएका कपडा फेर्ने उदेश्यले कुवेत आइपुगेका उनिहरुबीच माया पिरेम साटासाट हुन थाल्छ।

दुवै जना घर परिवार बालै फरर भनेर आफू कार्यरत कम्पनी/स्पोन्सर छोडेर इल्लिगल भएर संगै बस्न थाल्छन। त्यतिबेला उनिहरुलाइ लाग्यो होला त्यो पाएपछी सबै कुरा पूरा हुन्छ। तर के हुन्थ्यो त्यो पाए पनि अन्य समस्याहरु त जस्ताको त्यस्तै हुन्छ। उनिहरुको पनि त्यस्तै भयो।

मोया पिरती जति पुरानो हुँदै गयो पेटको बच्चाले पनि संसार हेर्न हतार गरिरहेको थियो। नभन्दै एक दिन ती फलानो जोडिको मोया पिरतिको चिनो स्वरुप प्लुत्त बच्चा जन्मियो। कुवेतमा विवाह दर्ताको प्रमाणपत्र लिएर हस्पिटलमा जन्माएको बच्चालाई मात्र लिगल अर्थात ती बाबूआमाको बच्चा मान्यता पाउँछ। तर ती फलानो जोडि त इल्लिगल थिए। आ-आफ्नो घर परिवार पनि छन।

उनिहरु संग विवाह दर्ताको प्रमाणपत्र पनि छैन। भनेपछी बच्चा त सिधै इल्लिगल हुने भयो। दुख पाल्दै थिए। बच्चाले पनि तीन बर्ष पुगि सकेछ।

कु-कार्यको फल एक न एक दिन पर्दाफास हुन्छ नै ! एक दिन कामबाट फर्केर कोठा आउँदै गर्दा आमा बाबा दुवै जनालाई अवैधानिक हैसियतले रहेको आरोपमा कुवेत पुलिसले पक्राउ गरि देश निकाला गरेर नेपाल पठाउँछ। बच्चा यता बिचल्लित हुन्छ।

कथा यहिँ सकिँदैन। अब ती बच्चालाइ नेपाल पठाउन भनेर एनआरएनए कुवेत र नेपाली दूतावासले पहल गर्‍यो। बच्चा र आमा बाउ बनेर नेपाल लैजाने सबैको ट्राभल डकुमेन्ट बनाइ दिइयो। ट्राभल डकुमेन्ट भएपछी पुलिसले नसमात्ने भएपछि ती डुब्लिकेट बाबूले मदिरा सम्बन्धी काम गर्न सुरु गरे, जुन कुवेतमा अवैधानिक ठहर्छ।

यसको सजाय स्वरुप देश निकाला गरिन्छ। अवैधानिक मदिरा सम्बन्धी काम गर्दा निक्कै राम्रो आम्दानी भैरहेको भएर उनिहरु नेपाल जाने भनेर दूतावासले बोलाउँदा गएनन। अन्तत ट्राभल डकुमेन्टको म्याद सकियो। त्यसपछी उनिहरु नेपालबाट सञ्चालित यु ट्युब च्यानल युवा मन नेपालमा म पिडित हुँ मलाइ जसरी भए पनि उद्दार गर्नु। मलाइ एनआरएनए दूतावास र कुनै संघ संस्थाले हेरेनन उद्दार गरेनन भन्दै भिडियोमा प्रस्तुत भए। उक्त भिडियो रातारत भाइरल भयो। यु ट्युबरले पनि त्यसको भित्री पाटो अध्यान नगरी भिडियो सार्बजनिक गर्‍यो।

पछि यस्तो भिड्यो आइसकेपछी एनआरएनएले युट्युबरसंग कुराकानी गरि भित्री पाटो बुझाउँदा अहिले ती बच्चा नेपाल पठाउन लाग्ने लागत त्यही युत्युब च्यानलले बेहोर्ने भएको छ। र बच्चा नेपाल पठाउन आवस्यक प्रक्रिया अघि बढी सकेको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...