News Portal

मोरङको सिक्टि नाकाबाट प्रहरीले दुइ जना युवालाई हतियार सहित पक्राउ ग-यो

हिमालीसंचार संवाददाता
३५६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाको सिक्टि नाकाबाट सशस्त्र प्रहरी विओपी सिक्टीले चाईनिज हत्यार सहित दुई जना युवालाई पक्राउ गरेको छ।

मोरङ जिल्लाको सुनवर्सी नगरपालिका वडा नं.८ खरेबारी स्थित भारतबाट नेपाल आउदै गरेको को २७ प ४०६ पल्सर मोटरसाइकल चेकजाच गर्ने क्रममा सुनवर्सी वडा नं. ८ हर्चनगढी बस्ने २८ बर्षीय आरिफ आलमको साथबाट १ थान चाइनिज पेस्तोल सहित नवराज खड्काको कमाण्डमा खटिएको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

त्यस्तै, प्रहरीको गस्ति टोलीले उर्लाबारी नगरपालिका वडा नं. ६ तरुण चोक बस्ने २९ बर्षीय नविन धिमाल र आरिफको साथबाट A47 म्याग्जिन १ थान, 13RF7.05 एमएम राउण्ड १ थान, सिक्सर पेस्तोल १ थान, सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राईको कमाण्डको सादा पोशाकमा खटिएको टोलीले बरामत गरेका छन्।

धिमालले प्रयोग गरेको एफजेट मोटरसाइकल नम्बर को २२ प ६७०७ चेकजाच गर्दा ४७ हजार ७ सय ७० रुपैया र अबैध हतियार सहित रतुवामाई नगरपालिका वडा नं. ८ दामा भिट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...