News Portal

गुल्मीको मदानेकी आशा झाँक्री ५ वर्षदेखि सम्पर्कविहीन

हिमालीसंचार संवाददाता
२९७ पटक

भदौ ५, २०७९ आईतबार
गंगा खड्का, गुल्मी। गुल्मीको मदाने गाउँपालिका–२ बाझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्।तीन बहिनीमध्ये आशा जेठी छोरी हुन्।

काठमाडौं घुम्न जान्छु भनेर गएकी छोरी अझैसम्म नफर्केको आमा सीता झाँक्री मगरले बताइन्। ‘बीचमा फोन गरेर मम्मी मैले विवाह गरे भनेर भनेकी थिइँ’, उनले भनिन्, ‘विवाह भएको एक महिनापछि छोरी सम्पर्कमा आइनन्। केटाले भागेर गइ भनेपछि मात्र थाहा भयो।’

इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीमा छोरीको खोजी गरिदिन् निवेदन दिएको उनले जानकारी गराइन्। काठमाडौं थानकोट बस्ने ३० वर्षीय सुजन गिरीसँग छोरीको बिहे भएको खबर टेलिफोनमा जानकारी पाएको झाँक्रीले बताइन्।

तर, बिहे भयो भनिएका गिरीले बिहे भएको एक महिनापछि झाँक्री आफूबाट भागेर गएको र अहिलेसम्म पत्ता नलागेको सुनाए। ‘बिहे गर्दा पनि मलाई झुक्काएकी थिइन्’, उनले भने, ‘एक तोला जति सुन थियो। त्यो पनि लगेर गइन्।’ गिरीले अहिले चन्द्रागिरी नगरपालिकाको थानकोटमा कुखुरापालन व्यवसाय गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...