News Portal

गुल्मीको मदानेकी आशा झाँक्री ५ वर्षदेखि सम्पर्कविहीन

हिमालीसंचार संवाददाता
३४५ पटक

भदौ ५, २०७९ आईतबार
गंगा खड्का, गुल्मी। गुल्मीको मदाने गाउँपालिका–२ बाझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्।तीन बहिनीमध्ये आशा जेठी छोरी हुन्।

काठमाडौं घुम्न जान्छु भनेर गएकी छोरी अझैसम्म नफर्केको आमा सीता झाँक्री मगरले बताइन्। ‘बीचमा फोन गरेर मम्मी मैले विवाह गरे भनेर भनेकी थिइँ’, उनले भनिन्, ‘विवाह भएको एक महिनापछि छोरी सम्पर्कमा आइनन्। केटाले भागेर गइ भनेपछि मात्र थाहा भयो।’

इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीमा छोरीको खोजी गरिदिन् निवेदन दिएको उनले जानकारी गराइन्। काठमाडौं थानकोट बस्ने ३० वर्षीय सुजन गिरीसँग छोरीको बिहे भएको खबर टेलिफोनमा जानकारी पाएको झाँक्रीले बताइन्।

तर, बिहे भयो भनिएका गिरीले बिहे भएको एक महिनापछि झाँक्री आफूबाट भागेर गएको र अहिलेसम्म पत्ता नलागेको सुनाए। ‘बिहे गर्दा पनि मलाई झुक्काएकी थिइन्’, उनले भने, ‘एक तोला जति सुन थियो। त्यो पनि लगेर गइन्।’ गिरीले अहिले चन्द्रागिरी नगरपालिकाको थानकोटमा कुखुरापालन व्यवसाय गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...