News Portal

  • विमान अवतरण गर्ने बेलामा पाइलट निदाएपछि…

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    शनिबार ४ भदौ २०७९
    एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ।

    यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० मा भएको हो। एभियसन हेराल्डका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो।

    तर, अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो विमानले उचाइ घटाएन। एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोसिस गरेको थियो। तर, त्यो सम्भव भएन। विमान धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो।

    त्यसपछि विमानलाई फर्काएर २५ मिनेटको ढिलाइपछि सुरक्षित अवतरण गरिएको थियो। इथियोपियन एयरलाइन्सले अगस्ट १५ का दिन विमानले एटीसीसँग केही समयलाई सम्पर्क गुमाएको जनाएको छ।

    चालकदललाई हाल जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको एयरलाइन्सको भनाइ छ। पछिल्लो समय एयरलाइन्सहरुले थकित पाइलटहरुलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ११ गतेको राशिफल

    आज मंसिर ११, २०८२ (नोभेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    फूलखर्क कल्याणकारी समाजको बाह्रौँ वार्षिक साधारण सभा पौष १२ गते सम्पन्न हुने

    धादिङ, मंसिर १० — फूलखर्क कल्याणकारी समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा यही २०८२ पौष...

    विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरह्ने व्यवस्था लागू गर्न तयारी: मन्त्री पुन

    काठमाडौं, १० मंसिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुनुपर्ने व्यवस्था...

    कुलमान र खगेन्द्रको पार्टीले साझा चुनाव चिह्नमा उम्मेदवारी दिने तयारी

    काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको...

    वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क बढ्यो

    काठमाडौँ, १० मंसिर – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क मंसिर १० गतेदेखि बढाइएको...