News Portal

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२औं वार्षिकत्सव सम्पन्न

हिमालीसंचार संवाददाता
३४३ पटक

अगस्ट २०, २०२२ कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग-२ कुबेतको जिलिबस्थित पपिन्स हलमा सम्पन्न भयो। कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम सुरु भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा र नेपाली दुताबास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख प्रमुख अस्तित्वमा  सम्पन्न कार्यक्रममा राष्ट्रिय ज्ञान तथा पानस बत्ति बालेर कार्यक्रम सुरुवात गरेको थियो।

विशिष्ट अतिथिमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी तथा पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ, विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवालकाे उपस्थिति थियोे। कार्यक्रममा उपस्थिति उपस्थिति सबैलाई गजलकार तिलाेचन बस्यालले मिठाे गजल बाचनबाट नै स्वागत गरेका थिए भने, कार्यक्रम संचालन गोविन्दप्रसाद तिमल्सिनाले गरेका थिए।

साहित्यक कार्यक्रममा शुभकामना मन्तव्य दिनेमा नेपाली दुताबास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारी, गैरआवासीय नेपाली सघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी तथा पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ, विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवालले शुभकामना दिएका थिए भने कार्यक्रमा तिलाेचन बस्याल, सिर्जना पाण्डे बद्री न्यौपाने राज श्रेष्ठद्वारा गजल बाचन गरेका थिए।

अन्तमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्षद्वारा सभा विसर्जन गर्दै मीठो गजल वाचन मुक्त गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैलाई मिष्ठान्न भोजनको व्यवस्थासमेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...