News Portal

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२औं वार्षिकत्सव सम्पन्न

हिमालीसंचार संवाददाता
३८७ पटक

अगस्ट २०, २०२२ कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग-२ कुबेतको जिलिबस्थित पपिन्स हलमा सम्पन्न भयो। कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम सुरु भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा र नेपाली दुताबास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख प्रमुख अस्तित्वमा  सम्पन्न कार्यक्रममा राष्ट्रिय ज्ञान तथा पानस बत्ति बालेर कार्यक्रम सुरुवात गरेको थियो।

विशिष्ट अतिथिमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी तथा पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ, विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवालकाे उपस्थिति थियोे। कार्यक्रममा उपस्थिति उपस्थिति सबैलाई गजलकार तिलाेचन बस्यालले मिठाे गजल बाचनबाट नै स्वागत गरेका थिए भने, कार्यक्रम संचालन गोविन्दप्रसाद तिमल्सिनाले गरेका थिए।

साहित्यक कार्यक्रममा शुभकामना मन्तव्य दिनेमा नेपाली दुताबास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारी, गैरआवासीय नेपाली सघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी तथा पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ, विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवालले शुभकामना दिएका थिए भने कार्यक्रमा तिलाेचन बस्याल, सिर्जना पाण्डे बद्री न्यौपाने राज श्रेष्ठद्वारा गजल बाचन गरेका थिए।

अन्तमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्षद्वारा सभा विसर्जन गर्दै मीठो गजल वाचन मुक्त गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैलाई मिष्ठान्न भोजनको व्यवस्थासमेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...