News Portal

प्रेम गीत-३ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

हिमालीसंचार संवाददाता
३९६ पटक

बिहीबार २, भदौ २०७९ काठमाडौँ। नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ।

प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ।

फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ।

फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्मातासमेत रहेका निर्देशक सेनले बताए।

चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता भएको र चिनियाँ भाषामा फिल्म डब गर्न केहि समय लाग्ने भएकाले नेपाल, भारत रिलिज भन्दा केहि महिना ढिलो गरी चीनमा फिल्म प्रदर्शन हुने सेनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...