News Portal

  • प्रधानमन्त्री देउवाद्वारा काठमाडौँको फोहोर व्यवस्थापनका लागि मेयर शाहका माग सम्बोधन

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका लागि आफूसँग राखेका दुवै महत्त्वपूर्ण माग तत्काल पूरा गरेका छन्।

    प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका क्रममा कसैले कुनै प्रकारको अवरोध नगरोस् भन्नेमा ढुक्क पार्न तत्काल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन पनि दिएका छन्।

    काठमाडौँ महानगरपालिकामा मेयर शाहले मंगलबार साँझ प्रधानमन्त्री देउवासँग भेटी आफ्ना दुई चासो सुनाएका थिए।

    उनको पहिलो चासो थियो- फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याउने ठूला दलनिकट केही व्यक्तिहरुबिरुद्ध किटानी जाहेरी परिसकेकाले उनीहरुलाई तत्काल पक्राउ गरियोस् !

    उनको दोस्रो चासो थियो- स्थानीयबासीहरुसँग भएको सम्झौताअनुरुप सडक निर्माणमा सरकारले तत्काल कदम चालोस्।

    प्रधानमन्त्री देउवाले तत्काल प्रहरी महानिरीक्षक सिंहलाई फोन गरी मेयर शाहले भनेअनुसार किटानी जाहेरी परेका व्यक्तिहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

    त्यस्तै, प्रधानमन्त्री देउवाले तत्काल भौतिक पूर्वाधार सचिवलाई समेत त्यहाँबाट नै फोन गरेर सहमतिबमोजिम सडक निर्माण तत्काल थाल्न निर्देशन दिएका थिए।

    प्रधानमन्त्री देउवाले फोहोर विसर्जनमा कुनै प्रकारको पनि अवरोध नआ‌ओस् भनी आइजी सिंहलाई निर्देशन दिएका थिए।

    प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले मेयर शाहका माग तत्काल सम्बोधन गरेका थिए।

    फोहोर फ्याँक्ने स्थल  बञ्चरेडाँडाका स्थानीयले अवरोध गर्दा काठमाडौँ महानगरपालिकाको फोहोर उठ्न सकेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...