News Portal

  • ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निलहरी बास्तोला समुहका प्रतिबद्धता

    हिमालीसंचार संवाददाता
    ३६० पटक
    २९, २०७९ साउन

    काठमाडौं – साउन ३० गते हुने टानको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा निलहरी बाँस्तोलाको समुह चुनावी मैदानमा उत्रिएको छ। टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने एजेण्डा सहित बास्तोलाको समूह चुनावी मैदानमा उत्रिएको छ ।

    अध्यक्षका अब्बल उम्मेद्वार बाँस्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताउदै आएका छन। लामो समयदेखि पर्यटन व्यवसायमा लागेका बास्तोला टानको २३ औ निर्वाचनबाट द्धितीय उपाध्यक्षमा निर्वाचित भएका थिए।

    यस अघिको कार्यकालमा द्धितीय उपाध्यक्षका रुपमा काम गर्दै आएका बास्तोला २४ औँ निर्वाचनको संघारमा आइपुग्दा अध्यक्षका प्रत्यासी बनेका छन। बास्तोलाले उपाध्यक्षमा रहेका आफुले लिएको अनुभव अध्यक्ष बनेर व्यवसायीको हकहित र टानलाई व्यवसायीमुखी बनाउने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएका छन।

    दुई वर्षको कार्यकालमा टानको उपाध्यक्ष बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टेकिङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको बास्तोलाको भनाइ संगै २० बुदाको प्रतिबद्धताहरु प्रस्तुत गरेको छ।

    ब्यवासायिहरुको ईज्ज, ब्यवासायिहरुको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए।

    अध्यक्षका उम्मेद्वार बाँस्तोलाले पूर्वअध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने पनि प्रविद्धता व्यक्त गरे। बास्तोला समुहलाई गठबन्धन समुहको रूपमा पनि चिनाएकोछ नेकपा एकीकृत समाजबादी पार्टीलाई उपाध्यक्ष, कोषअध्यक्ष र २ वाट सद्स्य गरि जम्मा ४ जानलाई उम्मेदवार यो समुहबाट दिएको छन कुरामात्र होइन। व्यवसायीहको हक हितमा काम गरेरै देखाउने बास्तोलाले उदघोष गरेका छन। बास्तोलाले भने हामी घोषणापत्र लामो बनाउदैनौं। पुरा नहुने काम गर्छु भन्दैनौं।

    हालसम्मको सर्वेक्षण अनुसार बास्तोला समुह सबैका लोकप्रिय उम्मेदवार देखिएका छन। अधिकांश पर्यटन व्यवसायीहरुले बास्तोला समुहलाई समर्थन जनाएका छन जसका कारण टानको नयाँ नेतृत्व बास्तोलाको पक्षमा देखिने अनुमान लगाइएको छ सम्मान हिलहरि बास्तोला नेतृत्वमा हामीले चाहेको टान!! भन्ने नारा बस्तोला समुहको छ।

    निलहरी बास्तोला समुहको उम्मेदवारहरु
    अध्यक्षमा निलहरी बास्तोला, वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा, सचिबमा होमनाथ भट्टराई, सदस्यमा गणेश बहादुर अधिकारी, कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठि, हेम कार्की, सुबास भण्डारी, राजु अर्याल र राम प्रसाद बन्जारा उम्मेदवार बनेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...

    रवि लामिछाने कारागारको अनुगमन गर्न मानव अधिकार आयोग टोली भैरहवामा

    भैरहवा, साउन २६ — राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली पूर्वगृहमन्त्री रवि लामिछाने राखिएको भैरहवाको कारागारको...