News Portal

जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३७१ पटक

एजेन्सी। जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ।

सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन्।

मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्प रहेको बताए। घटनास्थलमा थप सुरक्षा बल पठाइएको छ र खोजी अभियान जारी छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...