News Portal

  • कुवेतमा ई-पासपोर्ट बनाउन के के कागजात चाहिन्छ?

    हिमालीसंचार संवाददाता
    २४० पटक

    कुवेत– पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन ई-पासपोर्ट जारि गरेको छ। ई-पासपोर्ट हाललाई अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ नेपाल सरकारले ई-पासपोर्ट वितरन गरिरहेको छ।

    कलेजी रङ रहेको ई-पासपोर्टमा धातुको चिप रहने र चिपमा पासपोर्ट वाहकको पुर्ण विवरण समावे गरिएको छ। उक्त चिप मेसिनम राख्दा मेसिनले उक्त पासपोर्ट वाहकको पुर्ण विवरण सहितको जानकारी बताउने गरि ई-पासपोर्ट निर्माण गरिएको छ।

    नेपालबाट ई-पासपोर्ट लिन र विदेशबाट लिन फरक फरक प्रक्रिया रहेको छ। कुवेतबाट ई-पासपोर्ट लिन के के प्रक्रिया र कागजात चाहिन्छ भन्ने जानकारी नहुँदा धेरै नेपालिहरुले पटक पटक एम्बेस्सी धाउनुपरेको र सास्ती बेहोर्नु परेको छ। विवस्ता भनौं, कर्मचारीको कमि भनौं, दूतावासको लाचारिता भनौं, या दूतावासको असक्षमता जे सुकै भनौं। नेपाली दूतावास कुवेतको कार्यलयमा फोटोकपी मेसिन छैन। भए पनि पबलिकलाइ प्रयोग गर्न पाइँदैन।

     

    यदि कुनै पनि काम लिएर दोइतावास गइयो र कुनै पनि कागजातको फोटोकपी चाहियो भने कि त हवाल्ली, कि त सिटि नै पुग्नुपर्ने बाध्यता छ। उसै पनि दूतावासको कन्स्युलिङ सर्भिस जम्मा ९ बजेदेखी १ बजे सम्म ४ घन्टा मात्र छ। दूतावासको काउन्टरमा कहिँई-पासपोर्टको लागि के के कागजात चाहिन्छ भन्ने जानकारी टाँस गरिएको पनि छैन। दिनभरी लाम लागेर बस्यो अन्तिममा आफ्नो पालो आउँदा कागजात पुगेन फलानो फलानो कागजात लिएर आउनुहोस भन्छन। त्यसो गर्दा धेरैको काम एकै दिन नबनेर पटक पटक दूतावास धाउनुपरेको धेरै जनगुनासो आएको छ।

    अब विविध कारणले दूतावासमा फोटोकपी मेसिन नभएको भन्ने जानकारी भैसकेपछी आवस्यक कागजात र प्रक्रिया त हामिले पनि पुर्‍याउनु पर्‍यो। त्यसको लागि यसो गर्नुहोस।

    १. अपोन्ट्मेन्ट लिनुहोस। अपोइन्ट्मेन्टको लागि दूतावासको हटलाइन 98869121 मा सम्पर्क गर्नुहोस वा [email protected] मा इ-मेल गर्नुहोस।
    अथवा फारम भर्नुहोस। फारम भर्नको लागि जनजागृती युवा समाज कुवेतले निशुल्क सुविधा दिइएको छ। 67065409 मा आनन्द आचार्यलाइ फोन गर्नुहोस। अथवा एनआरएनए कुवेतले पनि निशुल्क फारम भरिदिने छ। जसको लागि आङ नोर्बु शेर्पालाई 65055828 मा सम्पर्क गर्नुहोस।

    २. आफुले पाएको अपोइन्टमेन्टको दिन वा फारम भरेको भए फारम लिएर दूतावास जानुहोस। दूतावास जानू पहिले ख्याल गर्नुहोस पासपोर्टको फोटोकपी, नागतिकताको फोटोकपी सक्कल पासपोर्ट र साथमा १६ केडि पैसा साथमा बोकेर मात्र दूतावास जानुहोस। अन्यथा तपाइको फोटोकपी गर्न बाहिर जानुपर्ने हुँदा दूतावास बन्द भैसकेको हुनेछ। र तपाइको काम बन्ने छैन।

    तपाईको जानकारिका लागि, पासपोर्टको भ्यालिडिटी १० बर्षको हुनेछ। जसमा ३२ पेज हुनेछ। यदि तपाईं अन्य विभिन्न देश भ्रमण गरिरहनुपर्ने र पासपोर्टको पेज सकिन्छ भने ३२ केडि तिरेर ६४ पेजवाला पनि पासपोर्ट बनाउन सक्नुहुनेछ। पहिले जस्तो फोटो बोकेर जानू पर्दैन। दूतावासमा नै खिचिन्छ।यति प्रक्रिया र कागजात पूरा गरि दूतावास जानुभएमा तपाइको काम बन्छ। पटक पटक धाएर सास्ती खेप्नु र अन्य अनावश्यक खर्च गरिरहनुपर्दैन।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...