News Portal

“न्यायको खोज”

हिमालीसंचार संवाददाता
४४४ पटक

खगेन्द्र गिरि “कोपिला”

हुन त विमला र उसको लोग्ने दुबै क्रान्तिकारी दलका पुराना कार्यकर्ता नै हुन्। समाज सुधार, परिवर्तन र मानवाधिकारका भाषण गर्दै डाँडाकाँडा खुबै डुलेका हुन् एकुन्ताका उनीहरु। आक्रोश, विद्रोह र विरोध त उनीहरुको जीवनको अङ्ग नै बनिसकेजस्तो लाग्थ्यो उहिलेउहिले। सम्झौता र सहनशीलता उनीहरुको शब्दकोष मैं थिएन भन्दा हुन्छ। संसारका हरेक कुरा फेर्न चाहन्थे उनीहरु। जुनसुकै कुराको पनि विकल्प तयार थियो उनीहरुसंग। कागजमा, भाषणमा।

विवाह गरेर एकअर्कोलाई अंगालेपछि भने उनीहरु सम्झौतावादी बन्दै गए। बिस्तारै राजनीतिको नशा सकिएर अर्थको नशाले समाउँदै ल्यायो। अब उनीहरु भन्न लागे— यहाँ जति गरे पनि केही हुन्न, मान्छेहरु फेरिन समय लाग्छ, परिवर्तन अर्को शैली अपनाएर ल्याउनु पर्छ, नीति उही राखेर कार्यनीति फेर्नु पर्छ, आदिआदि।

पछिपछि त उनीहरुको अघोषित मूल नीति बन्यो— ‘जसरी पनि कमाउनु पर्छ’।

कमाउने क्रममा उनीहरु बिस्तारै व्यस्त हुँदै गए। विमलाको काँधमा छोराछोरी हुर्काउने थप दायित्व पनि थपियो। उसको लोग्नेको काँधको बोझ विमलाको भन्दा केही हलुङ्गो भएकोले बेलाबेला ऊ राजनीतिको पुरानो नशामा पनि बहकिन पुग्थ्यो कहिलेकाहीं। पुरानै भाषण भट्टयाउँथ्यो। तर कताकता केके नमिलेनमिलेजस्तो लाग्थ्यो उसैलाई।

एकदिन अचानक विमलाको लोग्नले अर्को विवाह गर्‍यो भन्ने हल्ला फैलियो। त्यो हल्ला साँच्चै बनेर विमलाका कानमा पनि आएर ठोक्कियो। अचानक आइपुग्ने यस्ता समाचारले नमीठो पीडा दिन्छन्। विमला पनि पीडित भइन्। केही दिन पीडामा बिते। उसको लोग्ने र सौताले काठमाडौंमा होटेल खोलेका छन् रे, सुनाए कसैले।

‘गएर त्यसलाई जगल्ट्याउनु पर्छ र आफ्नो लोग्नेलाई फर्काएर ल्याउनु पर्छ’ सल्लाह दिइन् एउटी महिलाले। उनी पनि पुरानो लोग्ने छोडेर सौतामैं आएकी थिइन् हुन त।

‘बहुविवाहको उजुरी दिएर दुबैजनाका पाता फर्काउनु पर्छ’ एक जना पुरुष उफ्रियो। ऊ पनि पुरानो श्रीमतिलाई छोडेर कान्छी श्रीमतिसंग बसेको मान्छे हो।

‘न्यायालयमा मुद्धा हालेर अंश माग्नु पर्छ’ लोग्नेसंग छुट्टिएर बसेकी अर्की महिलाले सल्लाह दिइन्।

‘छोराछोरी आफैसंग राख्नेगरि अंश माग्नु पर्छ’ सल्लाह दियो अर्कोले पनि। अनेक थरि सल्लाह आए।

‘फुटेको ऐना र चर्केको मन जोड्न सकिदैन’ भन्ने उखान सम्झेर विमलाले अन्ततः बहुविवाहको उजुरी हाल्ने निर्णय गरि।

चौकीको थानेदारले उजुरी दर्ता गर्न शुरुमा त निकै आनाकानी नै गर्‍यो। पछि वार्ड अध्यक्ष र दुईचार जना नेताको टोली लिएर गएपछि बल्लबल्ल उजुरी  दर्ता गर्‍यो। उजुरी त दर्ता गर्‍यो तर कार्यवाही केही पनि गरेन। त्यो थानेदार पनि थुनुवा महिलालाई बलात्कार गरेको मुद्धामा निलम्बन भएर एक वर्षपछि सोर्स लगाएर पुर्नबहाली भएको रहेछ। बलात्कारको आरोप त ढिसमिस गरेको मान्छेले यस्ता बहुविवाहका मुद्धालाई त उसले मुद्धै मान्दो रहेनछ।

‘मिल्नु होस् यस्तो कानूनी कार्यवाहीको झण्झटमा नलाग्नु होस्’ सम्झाउने प्रयास गर्दै थियो।

विमलाले बुझेकी थिइ यो उसको पैसा झार्ने उपाय हो। तर उसले अडान लिइरही।

अन्ततः मुद्धा न्यायालयमा जाने भो। वकिल राख्नु पर्ने भो। वकिल राख्नु पर्ने भएपछि राखियो आफ्नै गाउँका भागिराम वकिललाई। हुन त उनी पनि तीन ओटा विवाह गरेर पारिवारिक स्थिति अस्तव्यस्त भएका व्यक्ति हुन् तर चिनेको र आफ्नै टोलको वकिल हुनाले उनैलाई राख्ने निर्णय गरियो।

आज जिल्ला न्यायालयमा विमलाको मुद्धा न्यायाधीशको बेञ्चमा पेश हुने दिन हो। पेश भयो पनि।

दौरासूरवाल र कालो कोट लगाएका न्यायाधीश आएर आफ्नो आसनमा बसे।

न्यायाधीशलाई देखेर विमला हेरेको हेर्‍यै भइ।

यी न्यायाधीश त उसकै साथी हेमाका लोग्ने पो रहेछन्।

पोहोर साल यिनले पनि हेमामाथि सौता हालेका थिए, आफ्नै कम्प्युटर अपरेटरलाई।

 – नेपालगन्ज, बाँके।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...