News Portal

सप्तकोशीले मात्र होइन, अन्य नदीहरुले पनि धार परिवर्तन गरिरहन्छन्

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौं – सप्तकोशीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। तर, यो कोशीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।

मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ​नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । गत वर्ष कमला नदीले बहाव परिवर्तन गर्दा धनुषाका धेरै बस्ती डुबानमा परे। यस वर्ष पनि ती क्षेत्र जलमग्न छन्। पश्चिम र सुदूरपश्चिम नेपालको कर्णाली र महाकालीको बहाव परिवर्तनले पनि बारम्बार बाढी, डुबानजस्ता विपत्को समस्या बढाएको छ। 

गत वर्षको वर्षामा महाकाली सदरमुकाम पसेपछि हाहाकार मच्चिएको थियो।  नेपालमा छ हजारभन्दा बढी नदी र खोला उत्तरबाट दक्षिणतर्फ बग्छन्। तीमध्ये कोसी, नारायणी, कर्णाली र महाकालीजस्ता हिम उद्गमस्थल भएका नदी बाह्रै महिना बग्छन्। मनसुनको समयमा यी नदीको बहाव बढ्ने र परिवर्तन हुँदा नदी तटीय क्षेत्रमा बाढी र डुबानले क्षति पु-याउने गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...