News Portal

  • दुर्गा प्रसाईंको सहयोगमा युएईबाट बिरामी नेपाली चेली नेपाल फर्कदै

    हिमालीसंचार संवाददाता
    २५० पटक

    युएई– सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई समाजसेवी तथा व्यावसायी दुर्गा प्रसाईले उद्धार गर्नुभएको छ। युएईमा दुई महिना अघि सवारी दुर्घटनामा परेकी थापा मगरको लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका प्रसाईले व्यहोर्नु भएको हो। थापामगर साउन १९ गते बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल,काठमाडौँ आइपुग्ने प्रसाईको सचिवालयले जनाएको छ।
    रोजगारीको सिलसिलामा युएईमा दुर्घटनामा घाइते भई काेमा पुगि दुबईमा अलपत्र अवस्थामा रहेकी थापा मगरलाई नेपाल फर्काउन आर्थिक समस्या भएको जानकारी प्राप्त हुनासाथ मानवीयताको आधारको यो सहयोग गरिएको बताइएको छ।

    पीडित थापा मगरलाई परिवारसँग मिलन गराउने र थप उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रसाईले जानकारी गराउनु भएको छ । परिवार पाल्नकै लागि विदेश गएर घाइते तथा अङ्गभङ्ग भई नेपाल फर्कनु भएकी थापा मगरलाई विगत भुलेर बाँकी जीवन जिउनका लागि आवश्यक सहयोग,सान्त्वना र उत्साह थप्नु हामी सबैको दायित्व भएको जनाउदै, उक्त पारिवारिक मिलन कार्यमा उपस्थित भई यस अभियानमा साथ सहयोग र सदिच्छा राखिदिनुहुन सम्पूर्ण सञ्चारकर्मीलाई प्रसाईले अनुरोध गर्नुभएको छ।
    बि एन्ड सी हस्पिटलका जन सम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार सामुदायिक उत्तरदायित्व अन्तर्गत व्यावसायी प्रसाईले बिगतमा धेरै बिरामीहरुलाई सहयोग गरेको र यसै सिलसिलामा बिदेशमा पीडित नेपालीहरुको दु:खमा सहजीकरण गरेको जानकारी दिनुभएको छ। गिरीका अनुसार बिरामीलाई अत्याधुनिक ह्वील चेयर र मेडिकल टिम सहितको टोलीले नेपाल एयरलाइन्सको उडानबाट नेपाल पुर्‍याउनेछ।
    पीडितका अभिभावकले आफ्नी छोरीलाई नेपाल फर्काउन महत्त्वपूर्ण सहयोग गर्ने मनकारी व्याक्तित्व दुर्गा प्रसाईलाई नेपाल सरकारले गर्न नसकेको काम सप्पन्न गरिदिएकोमा आभार व्यक्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...