News Portal

दुर्गा प्रसाईंको सहयोगमा युएईबाट बिरामी नेपाली चेली नेपाल फर्कदै

हिमालीसंचार संवाददाता
३२३ पटक

युएई– सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई समाजसेवी तथा व्यावसायी दुर्गा प्रसाईले उद्धार गर्नुभएको छ। युएईमा दुई महिना अघि सवारी दुर्घटनामा परेकी थापा मगरको लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका प्रसाईले व्यहोर्नु भएको हो। थापामगर साउन १९ गते बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल,काठमाडौँ आइपुग्ने प्रसाईको सचिवालयले जनाएको छ।
रोजगारीको सिलसिलामा युएईमा दुर्घटनामा घाइते भई काेमा पुगि दुबईमा अलपत्र अवस्थामा रहेकी थापा मगरलाई नेपाल फर्काउन आर्थिक समस्या भएको जानकारी प्राप्त हुनासाथ मानवीयताको आधारको यो सहयोग गरिएको बताइएको छ।

पीडित थापा मगरलाई परिवारसँग मिलन गराउने र थप उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रसाईले जानकारी गराउनु भएको छ । परिवार पाल्नकै लागि विदेश गएर घाइते तथा अङ्गभङ्ग भई नेपाल फर्कनु भएकी थापा मगरलाई विगत भुलेर बाँकी जीवन जिउनका लागि आवश्यक सहयोग,सान्त्वना र उत्साह थप्नु हामी सबैको दायित्व भएको जनाउदै, उक्त पारिवारिक मिलन कार्यमा उपस्थित भई यस अभियानमा साथ सहयोग र सदिच्छा राखिदिनुहुन सम्पूर्ण सञ्चारकर्मीलाई प्रसाईले अनुरोध गर्नुभएको छ।
बि एन्ड सी हस्पिटलका जन सम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार सामुदायिक उत्तरदायित्व अन्तर्गत व्यावसायी प्रसाईले बिगतमा धेरै बिरामीहरुलाई सहयोग गरेको र यसै सिलसिलामा बिदेशमा पीडित नेपालीहरुको दु:खमा सहजीकरण गरेको जानकारी दिनुभएको छ। गिरीका अनुसार बिरामीलाई अत्याधुनिक ह्वील चेयर र मेडिकल टिम सहितको टोलीले नेपाल एयरलाइन्सको उडानबाट नेपाल पुर्‍याउनेछ।
पीडितका अभिभावकले आफ्नी छोरीलाई नेपाल फर्काउन महत्त्वपूर्ण सहयोग गर्ने मनकारी व्याक्तित्व दुर्गा प्रसाईलाई नेपाल सरकारले गर्न नसकेको काम सप्पन्न गरिदिएकोमा आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...