News Portal

  • सप्तकोशीको बाँध फुट्यो, हजारौ घर परिवार र बस्ति उच्च जोखिममा

    हिमालीसंचार संवाददाता
    ६९२ पटक

    इटहरी – उच्च पहाडि भेगहरुमा निरन्तर बर्षाका कारण सप्तकोशीमा पानीको बहाब बढेपछि उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेपछि स्थानीय बेलका नगरपालिका वजा नं.  २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका वडा नं.  ६ डुबानमा परेका छन् ।

    कोशीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले बताए। सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए । 

    उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए ।  सप्तकोशी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकनको तयारी रहेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । 

    ‘कोशीको पुरै भंगालोले बाटो परिबर्तन गरेको छैन,  बाढी ओभरफलो भएको हो’, उनले भने ।  सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका वडा ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो ।

    बेलका नगरपालिका वडा नं.  ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो ।  नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोशी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँछन्। नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।

    सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ ।  बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौं बासिन्दा घरबारविहीन भएका छन् । 

    सप्तकोशीले धार परिर्बतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका वडा नं. २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका वडा नं.  ८ को लाहुरे खोचमा सप्तकोशी  नदि फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् । 

    सप्तकोशीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने करिब ४ हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको  क्षति हुने बराह क्षेत्र नगरपालिका वडा नं. ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बुले बताए । सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका वडा नं. ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका वडा नं.३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निवर्तमान वडा सदस्य लिम्बुले बताए । 

    सुनसरीको भाण्टाबारी कोशी व्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ । कोशी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।

    प्रतिकृया दिनुहोस्

    ताप्लेजुङ र इलामको जंगलमा प्रहरीको ‘सर्च एण्ड स्वीप’ अपरेशन, एक जना पक्राउ

    अविन माबो/झापा – हिजो सोमबार ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाट गरी फरार लुटेराहरुलाई खोज्न...

    खोटाङको तुवाचुङमा गुडिरहेको बसमा आगो लाग्यो

    खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा गुडिरहेको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा बस...

    चाडपर्वमा ग्रामीण यात्रुको समस्याः किलोमिटरको होइन गन्तव्यको भाडा तिर्नु पर्ने बाध्यता

    ग्रामीण भेग तर्फ जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत...

    बडादशैँको आठौँ दिन, महाअष्टमी मनाइँदै

    काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी...

    सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न

    सोलुखुम्बु  -सोलुखुम्बुको लिखुपिके गाउँपालिका बाट संचालन हुँदै आएको सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा...

    Only In USA