News Portal

कृष्णनगर भन्सार कार्यालयले समात्यो लाखौं मूल्य पर्ने कपडा

हिमालीसंचार संवाददाता
४११ पटक

अजय मिश्र – कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ। नेपालीहरूको चाड हरितालिका तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन्।

कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेक जांच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपड़ा लगायत अन्य कपडा फेला पारी ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ।

नियन्त्रणमा लिइएको कपड़ाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ गरिएको कपड़ा कस्को हो भन्ने पत्ता नलागेकाले उक्त गाड़ीका चालकलाई नियंत्रणमा लिई सोधपुछ गरी रहेको कुरा कृष्णनगरका भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए।

गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अबैध रूपमा नेपाल भित्र्याइएका ८१ रांगापाडा , २१५ खसी बोका पक्राउ गरी लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...