News Portal

कृष्णनगर भन्सार कार्यालयले समात्यो लाखौं मूल्य पर्ने कपडा

हिमालीसंचार संवाददाता
३७० पटक

अजय मिश्र – कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ। नेपालीहरूको चाड हरितालिका तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन्।

कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेक जांच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपड़ा लगायत अन्य कपडा फेला पारी ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ।

नियन्त्रणमा लिइएको कपड़ाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ गरिएको कपड़ा कस्को हो भन्ने पत्ता नलागेकाले उक्त गाड़ीका चालकलाई नियंत्रणमा लिई सोधपुछ गरी रहेको कुरा कृष्णनगरका भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए।

गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अबैध रूपमा नेपाल भित्र्याइएका ८१ रांगापाडा , २१५ खसी बोका पक्राउ गरी लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...