News Portal

  • एनआरएनए कुवेत र मेडेक्स मेडिकल केयरको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर हुदैँ

    हिमालीसंचार संवाददाता
    ३२८ पटक

    कुवेत। गैरआवासीय नेपाली संघ  कुवेत र मेडेक्स मेडिकल केयरको सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी ५ अगस्टका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

    गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयरसङ सहकार्य गर्दै कुवेतभित्र कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविरको लागि मेडेक्ससङ अनुरोध गरेको र मेडेक्स मेडिकल केयरले उक्त अनुरोधलाई स्वीकार्दै मेडिकलको समय अनुकुल यहि आगामीअगस्ट ५ तारिख शुक्रबारका दिन बिहान १० बजे देखि सम्पुर्ण नेपालीहरु सहभागी हुन मिल्ने गरि स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन।

    एनआरएनले अस्पतालसंग गत जनवरीमा पनि सोही निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ। उक्त सम्पन्न शिविरमा वैधानिक र अवैधानिक दुवै हैसियतमा कुवेतमा बसोबास गर्दै श्रम गरिरहेका झन्डै ६ सय नेपालीहरुले निशुल्क स्वास्थ्य लाभ लिएका थिए।

    यसपटक पनि एनआरएनए कुवेतले मेडेक्ससंगको सहकार्यमा धेरै भन्दा धेरै नेपालीहरुले स्वास्थ्य चेक जाँच गरि मौकाको फाईदा उठाउन सबै नेपाली दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको छ।

    पछिल्लो समयमा कुवेतमा नेपाली कामदारहरुको मृत्युदरलाई ध्यानमा राख्दै समय समयमा हामीले आफ्नो स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सन्देश छोड्ने उदेश्यले पुन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको महासचिब दिलकुमार पाख्रिनले हिमालीसंचारलाई जानकारी दिए।

    यसपटकको निशुल्क स्वास्थ्य शिविर र न्यून तलवमा काम गर्ने नेपालीहरुको सुविधाका लागि अत्यन्तै न्यून दरमा पनि चेकजाँच गराउन सकिने गरि दुई फरकफरक प्याकेज निर्माण गरिएको छ।

    निशुल्क रुपमा कोलेस्ट्रोल, रक्तचाप, रक्त परीक्षण, SPO2 (अक्सिजनको मात्र) र जिपि डाक्टरको परामर्श गराउन सकिनेछ। यसपटकको स्वास्थ्य शिविरमा पनि पहिले जस्तै लिगल/इल्लिगल सबैले स्वास्थ्य लाभ लिन सक्नेछन। तर इल्लिगल कामदारहरुले पासपोर्ट कपि अथवा म्याद सकिएकै भए पनि सिभिल आइडिको कपि वा त्यसको फोटो भने रेकर्डको लागि उपलब्ध गराउनु पर्ने छ।

    यी बाहेक स्वैच्छिक रुपमा कसैले यदि गराउन चाहेको खन्डमा CBC, कम्प्लीट युरिन एनालिसिस, फास्टिङ ब्लड सुगर, कुल कोलोस्टेरोल, ALT-SGPT (किडनी र लिभर सम्बन्धी) क्रिएटिनिन, युरिक एसिड, THS (थाइरोइड) ECG, X-Ray र GP चिकित्सक परामर्श पछि जम्मा १५ केडिको प्याकेज रहेको छ। साथै चेकजाँच गर्दा कुनै औषधि खरिद गर्नुपरेमा मेडेक्स फार्मेसिले ५% छुटको व्यवस्थासमेत गराएको छ।

    यस पटकको स्वास्थ्य शिविरमा सहभागी हुनेहरुले मेडेक्स मेडिकलबाट प्रीभिलेज कार्ड समेत प्राप्त गर्नेछ। जसले भविस्यमा स्वास्थ्य चेकजाँच तथा उपचारमा २०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ।

    थप जानकारिका लागि:
    समय: ठिक बिहान १० बजे
    मिति: ५ अगस्ट २०२२ शुक्रबार
    स्थान: ब्लक-८ स्ट्रीट-१०९ अलि अल्घानिम रोड फाहाहिल।

    सम्पर्क व्यक्तिहरु:
    रणध्वोज लामा – ६७७२६४०५
    दिल कुमार पाख्रीन – ९७५५७३१३

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...