News Portal

एनआरएनए कुवेत र मेडेक्स मेडिकल केयरको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर हुदैँ

हिमालीसंचार संवाददाता
४२० पटक

कुवेत। गैरआवासीय नेपाली संघ  कुवेत र मेडेक्स मेडिकल केयरको सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी ५ अगस्टका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयरसङ सहकार्य गर्दै कुवेतभित्र कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविरको लागि मेडेक्ससङ अनुरोध गरेको र मेडेक्स मेडिकल केयरले उक्त अनुरोधलाई स्वीकार्दै मेडिकलको समय अनुकुल यहि आगामीअगस्ट ५ तारिख शुक्रबारका दिन बिहान १० बजे देखि सम्पुर्ण नेपालीहरु सहभागी हुन मिल्ने गरि स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन।

एनआरएनले अस्पतालसंग गत जनवरीमा पनि सोही निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ। उक्त सम्पन्न शिविरमा वैधानिक र अवैधानिक दुवै हैसियतमा कुवेतमा बसोबास गर्दै श्रम गरिरहेका झन्डै ६ सय नेपालीहरुले निशुल्क स्वास्थ्य लाभ लिएका थिए।

यसपटक पनि एनआरएनए कुवेतले मेडेक्ससंगको सहकार्यमा धेरै भन्दा धेरै नेपालीहरुले स्वास्थ्य चेक जाँच गरि मौकाको फाईदा उठाउन सबै नेपाली दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको छ।

पछिल्लो समयमा कुवेतमा नेपाली कामदारहरुको मृत्युदरलाई ध्यानमा राख्दै समय समयमा हामीले आफ्नो स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सन्देश छोड्ने उदेश्यले पुन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको महासचिब दिलकुमार पाख्रिनले हिमालीसंचारलाई जानकारी दिए।

यसपटकको निशुल्क स्वास्थ्य शिविर र न्यून तलवमा काम गर्ने नेपालीहरुको सुविधाका लागि अत्यन्तै न्यून दरमा पनि चेकजाँच गराउन सकिने गरि दुई फरकफरक प्याकेज निर्माण गरिएको छ।

निशुल्क रुपमा कोलेस्ट्रोल, रक्तचाप, रक्त परीक्षण, SPO2 (अक्सिजनको मात्र) र जिपि डाक्टरको परामर्श गराउन सकिनेछ। यसपटकको स्वास्थ्य शिविरमा पनि पहिले जस्तै लिगल/इल्लिगल सबैले स्वास्थ्य लाभ लिन सक्नेछन। तर इल्लिगल कामदारहरुले पासपोर्ट कपि अथवा म्याद सकिएकै भए पनि सिभिल आइडिको कपि वा त्यसको फोटो भने रेकर्डको लागि उपलब्ध गराउनु पर्ने छ।

यी बाहेक स्वैच्छिक रुपमा कसैले यदि गराउन चाहेको खन्डमा CBC, कम्प्लीट युरिन एनालिसिस, फास्टिङ ब्लड सुगर, कुल कोलोस्टेरोल, ALT-SGPT (किडनी र लिभर सम्बन्धी) क्रिएटिनिन, युरिक एसिड, THS (थाइरोइड) ECG, X-Ray र GP चिकित्सक परामर्श पछि जम्मा १५ केडिको प्याकेज रहेको छ। साथै चेकजाँच गर्दा कुनै औषधि खरिद गर्नुपरेमा मेडेक्स फार्मेसिले ५% छुटको व्यवस्थासमेत गराएको छ।

यस पटकको स्वास्थ्य शिविरमा सहभागी हुनेहरुले मेडेक्स मेडिकलबाट प्रीभिलेज कार्ड समेत प्राप्त गर्नेछ। जसले भविस्यमा स्वास्थ्य चेकजाँच तथा उपचारमा २०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ।

थप जानकारिका लागि:
समय: ठिक बिहान १० बजे
मिति: ५ अगस्ट २०२२ शुक्रबार
स्थान: ब्लक-८ स्ट्रीट-१०९ अलि अल्घानिम रोड फाहाहिल।

सम्पर्क व्यक्तिहरु:
रणध्वोज लामा – ६७७२६४०५
दिल कुमार पाख्रीन – ९७५५७३१३

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...