News Portal

भाइको पैसा लुटेको नाटक रच्ने दाजु प्रहरी फन्दामा

हिमालीसंचार संवाददाता
३३० पटक

महोत्तरी। आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्। रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्।

ढाँटछल गरेर भाइको ५ लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ। उनी अहिले प्रहरी हिरासतमा छन्।

गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो।

‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ’, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ।’

अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको ५ लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेका प्रहरी अनुसन्धानबाट खुलेको हो।

चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए। चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन्।

अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैँले कोतरेर घाउ बनाएको वयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए। चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन्।

यसअघि शनिबार चौधरी लुटिएका समाचार सञ्चारमाध्यममा प्रसारित/प्रकाशित भएका थिए। प्रहरीले शनिबार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो। – रासस।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...