News Portal

हृदयन्द्र शाहलाई राजाको रुपमा हेर्न चाहान्छु: रविन्द्र मिश्र

हिमालीसंचार संवाददाता
३२१ पटक

काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै राजाको रूपमा देख्न चाहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिँदै उनले हृदयन्द्रलाई राजाको रूपमा देख्न चाहेको बताएका हुन्। आफ्नो अनुभवले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने समेत उनले दाबी गरे। 

‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ,’ मिश्रले लेखेका छन्, ‘त्यसैले, संकटका बेलामात्र सदुपयोप गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौं। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औं जन्मदिनको शुभकामना!’

संसदले बाँधेर राजसंस्था फर्काउनुपर्नेबारे उनले बेल्जियमको एउटा उदाहरण पनि दिएका छन्। बेल्जिमयका राजा बोदवाँलाई विधेयक पारित गर्नकै लागि निलम्बन गरेको उदाहरण दिए। ‘सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्,’ उनले भने, ‘त्यसपछि, सरकारले उनलाई कयौं दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन: गद्दी आसिन गरायो।’ उनले आफ्नो प्रकाशन्मुख उल्लेख गरेको बताएका छन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...