News Portal

  • हृदयन्द्र शाहलाई राजाको रुपमा हेर्न चाहान्छु: रविन्द्र मिश्र

    हिमालीसंचार संवाददाता
    २६६ पटक

    काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै राजाको रूपमा देख्न चाहेको बताएका छन्।

    शनिबार सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिँदै उनले हृदयन्द्रलाई राजाको रूपमा देख्न चाहेको बताएका हुन्। आफ्नो अनुभवले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने समेत उनले दाबी गरे। 

    ‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ,’ मिश्रले लेखेका छन्, ‘त्यसैले, संकटका बेलामात्र सदुपयोप गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौं। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औं जन्मदिनको शुभकामना!’

    संसदले बाँधेर राजसंस्था फर्काउनुपर्नेबारे उनले बेल्जियमको एउटा उदाहरण पनि दिएका छन्। बेल्जिमयका राजा बोदवाँलाई विधेयक पारित गर्नकै लागि निलम्बन गरेको उदाहरण दिए। ‘सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्,’ उनले भने, ‘त्यसपछि, सरकारले उनलाई कयौं दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन: गद्दी आसिन गरायो।’ उनले आफ्नो प्रकाशन्मुख उल्लेख गरेको बताएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...