News Portal

  • कोसेली समूह पुनर्गठन अध्यक्षमा लोमस बास्तोला

    हिमालीसंचार संवाददाता
    २७६ पटक

    कुवेत – कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो। सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई सम्मान सहित बिदाई गरेको छ।
    केही महिना अघि सम्पन्न एनआरएनए राष्ट्रिय महाधिवेशनबाट मध्येपुर्व उप सम्योजक चयन भएका अमित चाम्लिङ राईलाई समेत सम्मान गरेको छ। निबर्तमान अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा, महासचिव मित्रभक्त आचार्यको संचालनमा सम्पन्न भेलामा सल्लाहकार शिव कोईराला, संरक्षक सुजन केसी, तोया दाहाल, मध्येपुर्व उपसम्योजक अमित राई र बिदाई भएर जानलाग्नु भएका ईन्द्र प्रसाद पोख्रेल लगायतले आफ्नो भनाई राख्नु भएको थियो।

    कुवेतमा लामो समय देखि अनलाइन र छापा पत्रीका समेत प्रकासनमा ल्याएको कोसेली समूह (तितोपाटी) छापा पत्रिका प्रकासन भने तत्कालका लागि स्थगित गरिएको छ।

    पुनर्गठित कार्य समिती यस प्रकार छ।
    अध्यक्ष-लोमस बास्तोला
    उपाध्यक्ष-जीवन सुनार
    उपाध्यक्ष-राजन श्रेष्ठ
    महासचिव-मित्रभक्त आचार्य
    सचिव-गुलाम नबि मन्सुर
    कोसाध्यक्ष-राजु कार्की
    सदस्य-बिमला पन्डित
    सदस्य-बेदनाथ हुमागाई
    सदस्य-शान्ती राई
    आर्थिक बिभाग प्रमुख-नबराज पन्थी
    मिडिया प्रमुख-तोयानाथ दाहाल
    प्रबन्ध निर्देशक-आनन्द आचार्य
    सल्लाहकार-शिव कोईराला
    सल्लाहकार-ईन्द्र प्रसाद पोख्रेल
    संरक्षक-सुजन केसी
    संरक्षक-मनु मगर
    संरक्षक-तोयानाथ दाहाल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...