News Portal

  • चोलेन्द्रशमशेरमाथि १५ दिनभित्र कारबाही अगाडी बढाउन अक्तियारलाई पत्र

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    काठमाडौँ। कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।

    कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही अघि बढाउन’ भन्दै पत्र आएको आयोग उच्च स्रोतले जनाएको हो।

    सर्वोच्च अदालतको नयाँ भवन निर्माणका क्रममा परेको उजुरीपछि आयोगको क्षेत्राधिकारभित्र पर्छ कि पर्दैन भन्ने अन्योलकाबिच पठाइएको उक्त पत्रले घटना थप रोचक बन्ने देखिन्छ।

    आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले यो विषय प्रक्रियामा नै रहेको र यसबारे थप जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यसअघि रजिस्ट्रार नारायणप्रसाद पन्थीले उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने पत्र पठाएका थिए।

    संविधानको व्यवस्थाका आधारमा ‘प्रधानन्यायाधीशबाट भएको निर्णयको विषय संवैधानिक परिषद् वा संसद्को समितिबाहेक अन्य कुनै पनि निकायबाट छानबिन हुन नसक्ने’ तर्क पत्रमा उल्लेख छ। सो पत्रप्रति असन्तुष्ट रहेको भनिएका कायममुकायम प्रधानन्यायाधीश कार्कीले आफ्नै सचिवालयबाट असार २९ गते अर्को पत्र पठाउन लगाएको बुझिएको छ।

    सर्वोच्च अदालतले भवन निर्माणको ठेक्का निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाइए पनि सम्बन्धित निकायबाटै टुङ्गो लगाउनू भनिएपछि प्रधानन्यायाधीश जबराले ३ फागुन २०७७ मा आफै निर्णय गरेका थिए।

    यसैबिच फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ५ करोड बढी रकम फिर्ता गरेको समाचार केही दिनअघि मात्रै बाहिरिएको थियो। भवन निर्माणबारे महालेखा परीक्षकको कार्यालयले समेत अध्ययन गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...