News Portal

यूएईमा २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस मनाईदै

हिमालीसंचार संवाददाता
४५३ पटक

युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ।

नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण दुई वर्षको अन्तरालपछि यो वर्ष २८औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा युएइको बरदुवइ स्थित आयोजना गर्न लागेको हो। 

यहि १४ अगस्ट २०२२ आइतबारका दिन बरदुवई स्थित क्लभ एभरेष्टमा आयोजना हुन लागेको कार्यक्रममा नेपाली दुतावास अबुधावीका राजदुत कृष्णप्रसाद ढकाल प्रमुख अतिथि रहने छन्।

नेपाली आदिवासी जनजातीहरुको पुरातात्त्विक महत्वमा स्टलहरु, भेष-भूषा र सांस्कृतिक झाँकी प्रदर्शनका एवम् आदिवासी युवाहरुको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डिजिनस २०२२ प्रतियोगीता समेत हुने जानाकारी नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजय लक्ष्मी राईले बताइन। 

प्रवासी कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई.ई.जी ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई.ई.जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए।

त्यस्तै, सोही कार्यक्रममा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली नागरिकका लागि राहत, उद्धार गर्न स्थानीय प्रशासनसंग समन्वय गरी कोरोना प्रभावित नेपाली नागरिकहरुको सेवामा जुट्ने स्वय सेवकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक डम्बर लिम्बुले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...