News Portal

प्रदेश नं. १ मा एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजार थपिए, २८ हजारको लाइन काटियो

हिमालीसंचार संवाददाता
३५४ पटक

विराटनगर – नेपाल विद्युत् प्राधिकरण प्रदेश नं. १ कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणका अनुसार ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोक्ताको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ ।

प्रदेश कार्यालयका प्रमुख राजन ढकालले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ ।

२८ हजारको लाइन काटियो: प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ मा मात्रै समयमै महशुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महशुल संकलन भएको ढकालले जानकारी दिए । सबैले लाइन जोड्दा भने ४३ करोड महशुल उठ्नुपर्ने थियो । यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महशुल उठ्नु राम्रो संकेत भएको ढकालले बताए ।

सबैभन्दा बढी लाइन काटिने जिल्लामा इलाम छ । इलामका ३ हजार ३ सय ८० जना ग्राहकको लाइन काटेको प्राधिकरणको रेकर्डमा छ । त्यसपछि मोरङको बेलबारी वितरण केन्द्र अन्तर्गतका २ हजार ४२८ जना ग्राहकको लाइन काटिएको छ । सबैभन्दा कम लाइन काटिने ग्राहकको संख्या भने ओखलढुंगा, पाँचथर, तेह्रथुम, भोजपुर जिल्ला छ । जसमा २ सयभन्दा कम ग्राहकले समयमै विद्युत् महशुल नतिर्दा उनीहरुको लाइन काटिएको छ ।

वार्षिक ३ करोड बढी विद्युत् महशुल तिर्ने उद्योगहरु: प्रदेश १ मा झापा, मोरङ र सुनसरीका २८ उद्योगले वार्षिक ३ करोडभन्दा बढी विद्युत् महशुल तिर्ने गरेका छन् । यी सबै उद्योगमा मात्रै २ अर्ब ५७ करोड ७१ लाख ८ हजार ४ सय २३ रुपैयाँको विद्युत् खपत हुने गरेको छ ।

सुनसरीको इनरुवा वितरण केन्द्रबाट श्री बाबा पेपर मिल्स, अरविन्द पेपर मिल, धरान वितरण केन्द्रबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ वटा लाइन, इटहरी वितरण केन्द्रको रिलायन्स स्पिनिङ मिल र अरिहन्छ अटो कन्फीगरेसन प्रा.लि., उदयपुरको उदयपुर सिमेन्ट उद्योगले पनि वार्षिक ३ करोडभन्दा बढी मूल्यको विद्युत् उपभोग गर्दछन् ।

यस्तै विराटनगर वितरण केन्द्र अन्तर्गत भने आरती स्ट्रिप, रघुपति जुटमिल, सिभम् प्लाष्टिक, नोबेल मेडिकल कलेज, एमएस नेपाल अल्ट्रा टेक सिमेन्ट प्रा.लि., सप्तकोशी सिमेन्ट, हुलास वायर, स्वस्तीक आयल, प्रिमियर वायर, कमला रोलिङ मिल, नेपाल दुर सञ्चार संस्थान पनि धेरै विद्युत् महशुल बुझाउने उद्योगहरु हुन् ।

यस्तै झापाको धुलाबारीको सनराइन सिमेन्ट, धनकुटाको निगाले सिमेन्ट, दुहबी वितरण केन्द्र अन्तर्गतको पशुपति आइरन, स्वस्तीक रोलिङ, पशुपति सिन प्याक, अरिहन्त मल्टिफाइबर, प्रिमियर स्टिल, अरिहन्त पोलिप्याक लि., एसियन थाइ फुड्स र सनराइज पेपर मिल्स पनि धेरै विद्युत खपत गर्नेमा पर्दछन् ।

प्रदेश १ मै सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योग भनेको इटहरी वितरण केन्द्र अन्तर्गत रहेको रिलायन्स स्पिनिङ मिल हो । उक्त मिलले मात्रै वार्षिक ५८ करोड २१ लाख ३३ हजार ३ सय ३ रुपैयाँ बराबरको विद्युत् महशुल तिर्ने गरेको छ ।

यस्तै आरती स्ट्रिप्सले २४ करोड ७९ लाख, पशुपति आइरन एण्ड स्टिलले ३७ करोड ३४ लाख, स्वस्तीक रोलिङ मिलले १२ करोड २० लाख, उदयपुर सिमेन्ट उद्योगले १५ करोड ५६ लाख विद्युत् महशुल तिर्दै आएका छन् । रातोपाटीमा समाचार छ। 

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...