News Portal

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा लेख्ने बारे छलफल

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं – इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।

मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन ।” यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बनाएका थिए । कार्यदलको सुझावअनुसार सरकारले इम्बोस्ड नम्बर प्लेटको बनोट र भाषा परिवर्तनका लागि छलफल थालेको हो।

प्रदेशको नाम मात्रै नेपाली भाषामा लेख्दा  र पूरै नम्बर प्लेट नै नेपाली भाषामा लेख्दा थप आर्थिक भार पर्नसक्ने सम्भावनाका बारेमा पनि छलफल भएको छ। यस विषयमा मन्त्रालयले कम्पनीसँग लिखित रूपमा जानकारी मागेको छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...