News Portal

कुवेतमा एक नेपालीकाे निधन

हिमालीसंचार संवाददाता
१०२९ पटक

कुवेत – कुवेतमा मोरङका नर बहादुर बिष्टको निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका ५२ वर्षीय नर बहादुर बिष्टको हृदयघातका कारण निधन भएको हो।मोरङ, नेटाचोक घर भएका भोजपुर जिल्ला प्रशासन बाट जारी भएको राहदानी वाहक (०९२५८३०५) नर बहादुर बिष्टको १७ जुलाई २०२२ का दिन कोठामा सुतेकै अवस्थामा निधन भएकाे छ। मृतक कुवेतको एसटिएसजी कम्पनीमा कार्यरत थिए। मृतक कुवेतमा कार्यरत रहेको लगभग ११ वर्ष भएको थियो ।

कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार ‘मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ। मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ। शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ। कानूनी प्रक्रियाका काम पूरा भएपछि मृतकको शव जतिसक्दो छिटो नेपाल पठाउने तयारी भईरहेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...