News Portal

अब सेयर लगानीकर्ताले एउटै बैंकबाट १२ करोडसम्म ऋण पाउने

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौं – सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोडसम्म ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई ‘हर्ष न बिस्मात’ भनेका छन्।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जोखिम भार र सेयर कर्जा सीमा सान्दर्भिक नभएको तर्क उनीहरूको छ। तर, साना र मध्यम लगानीकर्ताले भने यो नीति उचित भएको बताएका छन्। मुलुकको अर्थतन्त्र धराशायी भएका बेला मौद्रिक नीतिले सेयर बजारसम्बन्धी लिएको नीति उचित भएको उनीहरूको भनाइ छ। 

गभर्नर महाप्रसाद अधिकारीले ब्रोकरमार्फत सेयर बजार व्यवस्थित र नियमित हुँदै गएपछि मार्जिन कर्जाको सीमा हटाइने बताए। सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जामा सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा एक सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारी बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...