News Portal

विवाहको महिना दिन नपुग्दै मृत भेटिइन् सञ्जु दास

हिमालीसंचार संवाददाता
२६० पटक

जनकपुरधाम। रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ। वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो। गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको शव फेला परेको थियो।

घाँटी थिचेर सञ्जुको हत्या गरिएको माइती पक्षको दाबी छ। गत असार ६ गते कटहरिया नगरपालिका-५ की सञ्जु र कन्ठलाल दासको परम्परागत रूपमा विवाह भएको थियो। विवाहमा समेत दाइजोकै विषयलाई लिएर कुटाकुट भएको थियो।

‘केटा पक्षले १० लाख दाइजो (तिलक) मागेका थिए। केटीका बुवा रामचन्द्रले ७ लाख मात्र व्यवस्था गर्न सके। त्यसै विषयलाई लिएर जन्ती आएपछि मारपिट भएको थियो‘, कटहरिया-५ का वडाध्यक्ष सरफलाल प्रसाद गुप्ताले भने।

दुबैतर्फका समाजका अगुवालाई राखेर बाँकी दाइजो विवाहपछि दिनेगरी सहमति भएपछि विवाह भएको थियो। विवाहपछि बाँकी पैसा दिने कुरा भएको आफूले पनि सुनेको वडाध्यक्ष गुप्ताले बताए। यद्यपि यसबारे थप कुरा थाहा नभएको उनको भनाइ छ।

सञ्जुका बुवा रामचन्द्रका अनुसार विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै उनलाई मानसिक तथा शारीरिक यातना दिइन्थ्यो। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी वरूण सिंहले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले थप कुरा बोल्न नमिल्ने बताए। घर पक्षले सञ्जुले आत्महत्या गरेको बताउँदै आएको छ।

घटना शंकास्पद देखिएपछि प्रहरीले शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल नपठाई काठमाडौं पठाएको थियो। घटनाबारे अनुसन्धानका लागि सञ्जुको परिवारसँग सोधपुछ जारी रहेको डिएसपी सिंहले बताए। पोष्टमर्टम रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने उनको भनाइ छ। – सेतोपाटीबाट।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...