News Portal

खोटाङको दिक्तेल बजारमा प्रदेशको नाम “किरात प्रदेश” राख्न माग सहित प्रदर्शन

हिमालीसंचार संवाददाता
४३५ पटक

खोटाङ – प्रदेश नं. १ को नामकरण विषयमा पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक कार्यक्रम सहित विराटनगर घेराउ गरिरहेको समयमा आज खोटाङ जिल्लाको दिक्तेल बजारमा “किरात प्रदेश” माग सहित प्रदर्शन गरिएको छ।

पहिचानको आधारमा किरात नाम राख्दा उपयुक्त हुने भन्दै किरात राई यायोक्खाले दिक्तेल बजारमा प्रदर्शन गरेको हो। दिक्तेलको किरातचोकबाट सुरु भएको प्रदर्शन हाटडाँडा हुँदै भवनगैह्रा विभिन्न ठाउँमा कोणसभा गरिएको थियो।

दिक्तेल बजारको हाटडाडाँमा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्‌का अध्यक्ष फूर्बा शेर्पा, त्रिवेणीमा भएको कोणसभालाई केके राई, पुरानो बेस क्याम्पमा किरात खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जयकुमार राई, भवन गैह्रामा भएको कोणसभालाई सामाजिक अभियन्ता पर्खनबहादुर राई र किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिमराम राईले सम्बोधन गरेका थिए।

कोणसभामा वक्ताहरुले आफ्नो आधरणा राख्ने क्रममा किरात भन्ने शब्द जाति र धर्म नभई नेपालको प्राचिन सभ्यता भएकाले इतिहासका आधारमा प्रदेशको नाम पनि “किरात प्रदेश” राखिनु पर्ने माग गरेका थिए। 

प्रदेशसभामा एमालेका सभामुख सहित ३९ जना, कांग्रेसका २१ जना, माओवादी केन्द्रका १६ मध्ये एक पदमुक्त हुदा १५ जना, एकीकृत समाजवादीका १० जना, जसपाका ३ जना, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना गरी ९३ जना सांसदहरु छन्।

प्रदेशको नामकरणका लागि दुई तिहाइ संख्या पुर्याउन ६२ जना सांसद आवश्यक पर्छ। तीन वटा दल एकातिर नभएसम्म प्रदेशको नामकरणका लागि आवश्यक संख्या पुग्ने सम्भावना देखिन्न।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...