News Portal

  • घर फर्कने नेपाली लुटिएको खबरपछि सीमा नाकामै पुगे सीडीओसाप

    विष्णुप्रसाद देवकोटा
    ४७८ पटक

    महेन्द्रनगर – चाडबाड मनाउन घर फर्किने नेपालीले पश्चिमी नाका गड्डाचौकीमा सास्ती खेपिरहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी अनुगमनका लागि शनिबार सीमा नाका पुगेका छन्।

    शनिबार प्रजिअ तारानाथ अधिकारी, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति एसपी विनोदराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रकाश कार्कीसहित सुरक्षा अधिकारीहरूले भारतीय कस्टम र एसएसबीसँग समस्याबारे छलफल गरेका छन्।

    वनबासास्थित भारतीय कस्टमका प्रमुख एके सिन्हालाई भटी प्रजिअ अधिकारीले चाडबाड मनाउन घर फर्किेका नेपालीले खेपिरहेका दुःखबारे अवगत गराएका थिए। ‘घर फर्किनेहरूले नाकामा सास्ती पाएको गुनासो छ’, उनले भारतीय कस्टम इन्चार्जलाई भने। उनले कस्टम अधिकारीसँग नाकामा सहज वातावरण बनाइदिन आग्रह गरे।

    वनबासास्थित कस्टम इन्चार्ज एके सिन्हाले तल्लो तहका कर्मचारीलाई निर्देशन दिइएको र अझै सहज बनाउन आफूले प्रयास गर्ने प्रतिबद्वता जनाए। कस्टमका कर्मचारीहरूले घर फर्किने नेपालीलाई दुःख दिएको सुन्नमा आएको भन्दै त्यसो नगर्न निर्देशन दिने आश्वासन दिए। उनले भने, ‘घर फर्किने क्रममा जसले पैसा माग्ने र दुःख दिने गर्छ, उसका बारेमा उजुरी दिनुप¥र्यो, तिनलाई कारवाही गर्छ।’ प्रजिअ अधिकारीले भारतीय सीमा सुरक्षा बल एसएसबीसँग पनि यसबारे छलफल गरे।

    ‘मैले चम्पावतका डीएम (सीडीओ)सँग पनि कुरा गरेर नाकामा आवागमन सहज बनाउन भनेको छु’, अधिकारीले भने।

    प्रजिअ अधिकारीले गड्डाचौकी नाकामा खटिएका सुरक्षाकर्मीलाई समेत आवागमन सहज पार्न निर्देशन दिए। अनुगमनकै क्रममा सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति श्रेष्ठले मातहतका सशस्त्र प्रहरीलाई कुनै पनि खालको अनैतिक काम नगर्न निर्देशन दिए।

    भारतीय प्रहरी, कस्टम कर्मचारी, भारतीय सीमा सुरक्षा बल एसएसबीले करिब १ किलोमिटरको दूरीमा जाँच गर्ने गरेका छन्। गड्डाचौकी पुगेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले जाँच गर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...