News Portal

घर फर्कने नेपाली लुटिएको खबरपछि सीमा नाकामै पुगे सीडीओसाप

विष्णुप्रसाद देवकोटा
५८७ पटक

महेन्द्रनगर – चाडबाड मनाउन घर फर्किने नेपालीले पश्चिमी नाका गड्डाचौकीमा सास्ती खेपिरहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी अनुगमनका लागि शनिबार सीमा नाका पुगेका छन्।

शनिबार प्रजिअ तारानाथ अधिकारी, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति एसपी विनोदराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रकाश कार्कीसहित सुरक्षा अधिकारीहरूले भारतीय कस्टम र एसएसबीसँग समस्याबारे छलफल गरेका छन्।

वनबासास्थित भारतीय कस्टमका प्रमुख एके सिन्हालाई भटी प्रजिअ अधिकारीले चाडबाड मनाउन घर फर्किेका नेपालीले खेपिरहेका दुःखबारे अवगत गराएका थिए। ‘घर फर्किनेहरूले नाकामा सास्ती पाएको गुनासो छ’, उनले भारतीय कस्टम इन्चार्जलाई भने। उनले कस्टम अधिकारीसँग नाकामा सहज वातावरण बनाइदिन आग्रह गरे।

वनबासास्थित कस्टम इन्चार्ज एके सिन्हाले तल्लो तहका कर्मचारीलाई निर्देशन दिइएको र अझै सहज बनाउन आफूले प्रयास गर्ने प्रतिबद्वता जनाए। कस्टमका कर्मचारीहरूले घर फर्किने नेपालीलाई दुःख दिएको सुन्नमा आएको भन्दै त्यसो नगर्न निर्देशन दिने आश्वासन दिए। उनले भने, ‘घर फर्किने क्रममा जसले पैसा माग्ने र दुःख दिने गर्छ, उसका बारेमा उजुरी दिनुप¥र्यो, तिनलाई कारवाही गर्छ।’ प्रजिअ अधिकारीले भारतीय सीमा सुरक्षा बल एसएसबीसँग पनि यसबारे छलफल गरे।

‘मैले चम्पावतका डीएम (सीडीओ)सँग पनि कुरा गरेर नाकामा आवागमन सहज बनाउन भनेको छु’, अधिकारीले भने।

प्रजिअ अधिकारीले गड्डाचौकी नाकामा खटिएका सुरक्षाकर्मीलाई समेत आवागमन सहज पार्न निर्देशन दिए। अनुगमनकै क्रममा सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति श्रेष्ठले मातहतका सशस्त्र प्रहरीलाई कुनै पनि खालको अनैतिक काम नगर्न निर्देशन दिए।

भारतीय प्रहरी, कस्टम कर्मचारी, भारतीय सीमा सुरक्षा बल एसएसबीले करिब १ किलोमिटरको दूरीमा जाँच गर्ने गरेका छन्। गड्डाचौकी पुगेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले जाँच गर्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...