News Portal

  • प्रदेश नं. १ को नामकरण गर्दा पहिचान समेटिनुपर्छ : मुख्यमन्त्री राई

    हिमालीसंचार संवाददाता
    ३५९ पटक

    विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण हुदा पहिचान समेटिनु पर्ने बताएका छन् । लिम्बुवान-किरात संयुक्त संघर्ष समितिद्वारा ज्ञापनपत्र बुझ्ने क्रममा मुख्यमन्त्री राईले पहिचानको समेटिनु पर्ने बताए।

    ‘मुख्यमन्त्री राईले भने; “पहिचानको आधारमा नामकरण नभए आन्दोलन हुने विषय भनेपछि मुख्यमन्त्रीले नै आन्दोलनका लागि भड्काएको भन्छ भने यसमा मलाई केही फिकर छैन।, ‘परिवर्तनकारी र आन्दोलनकारी भएकोले ०६२/६३ को अधुरो क्रान्ति पूरा गर्न सडकबाट पनि आन्दोलन गर्छु। र, सरकारबाट पनि परेको बेला आन्दोलनरत हुन्छु ।’

    मुख्यमन्त्री राईले जनताको चाहना पूरा हुन बाँकी रहेकाले बन्धनहरु तोड्दै सरकारमा बसेर क्रान्तिकारी भूमिका खेल्ने बताए । ‘पत्रकारले ठूलाठूला अक्षरमा लेखिदिए हुन्छ। मलाई केही फरक पर्दैन । अहिले आतिनेवाला पनि छैन,’ उनले भने, ‘प्रदेशको नामकरण सरकारले निर्णय गर्ने विषय रहेन। संसद्‌ले निर्णय गर्ने हो । 

    उनले भने “संसद्‌मा संख्याको कुरा आउँछ र यो सजिलो छैन त्यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’ पहिचानको आधारमा नराख्नुभन्दा प्रदेशको नामै नराख्दा हुने र अर्को प्रदेशसभाका लागि छोड्नेसम्मको भूमिका आफ्नो रहने मुख्यमन्त्री राईले स्पष्ट पारे ।”

    नेकपा माओवादीले एकल पहिचानको नाममा बन्दुक बोकाएको, एमालेको बहुपहिचानको पक्षमा रहेको र कांग्रेस पहिचानको पक्षमा नरहेको र तर कांग्रेसको घोषणापत्रमा पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने मूल नारा उल्लेख रहेको अवस्थामा पहिचानको आधारमा प्रदेश नामकरणमा बेइमानी गर्न नपाइने उनको भनाइ थियो । 

    राजनीतिक दलहरुले गम्भीर भएर बोलेको कुरा पुरा गर्न नसके राजनीति छोडिदिए हुन्छ । प्रदेशको नाम ‘किरात–लिम्बुवान’ लाई जातीय भन्नु नश्लिय सोच भएको समेत मुख्यमन्त्री राईको आरोप थियो । मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएपछि किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले लिम्बुवान जोडिएर प्रदेश नामकरण नगरिए छुट्टै लिम्बुवान प्रदेशका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । 

    संयुक्त संघर्ष समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेर ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले आफ्नो पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनमा उत्रेका हुन् । पछिल्लो समय पुर्वाञ्चलका १४ जिल्लाका पहिचान पक्षधर आन्दोलित भएका छन्। पहिचानको आधारमा प्रदेशको नामकरण नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...