News Portal

मोरङ लेटाङका नेपहपको श्रीपेजका बिजेता भाइबर गृह नगरमा सम्मानित

हिमालीसंचार संवाददाता
२५२ पटक

अविन माबो/लेटाङ – नेपालको इतिहासमा पहिलो हिपहप संगीतको रियालीटी सो नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई गृह नगर लेटाङमा सम्मान गरिएको छ । लायन्स क्लब अफ लेटाङले बुधबार लेटाङ बजारमा आयोजना गरेको एक कार्यक्रममा सम्मान गरिएको हो।

लेटाङ नगरपालिका, लायन्स क्लव र स्थानीयबासीले भाइबर साइमनलाई सम्मान गरेका हुन् । राष्ट्रिय स्तरको प्रतियोगितामा विजेता बनेर लेटाङ  नगरको गौरव बढाएको भन्दै लेटाङ नगरपालिकाले सम्मानपत्र सहित दोसल्ला ओढाएर भाइबरलाई सम्मान गरेको हो । त्यस्तै लायन्स क्लव आफ लेटाङले पनि भाइबर साइमनलाई सम्मानपत्र सहित सम्मान गरेको छ । 

आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १का सूचना, सञ्चार तथा यातायात मन्त्री उपेन्द्र प्रसाद घिमिरेले लायन्स क्लवको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै, सोही कार्यक्रममा लेटाङ निवासी चर्चित गायक तथा नायक बाबु बोगटी र मीस टीन लेटाङकी विजेता स्मृती तामाङलाई समेत सम्मान गरिएको थियो। 

लायन्स क्लव अफ लेटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ सी गभर्नर धिरज गुरुङ लगायतका लायन्सका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । आयोजित कार्यक्रममा गायक बाबु वोगटी र भाइबर साइमनले आफ्नो सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...