News Portal

मोरङ लेटाङका नेपहपको श्रीपेजका बिजेता भाइबर गृह नगरमा सम्मानित

हिमालीसंचार संवाददाता
२८७ पटक

अविन माबो/लेटाङ – नेपालको इतिहासमा पहिलो हिपहप संगीतको रियालीटी सो नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई गृह नगर लेटाङमा सम्मान गरिएको छ । लायन्स क्लब अफ लेटाङले बुधबार लेटाङ बजारमा आयोजना गरेको एक कार्यक्रममा सम्मान गरिएको हो।

लेटाङ नगरपालिका, लायन्स क्लव र स्थानीयबासीले भाइबर साइमनलाई सम्मान गरेका हुन् । राष्ट्रिय स्तरको प्रतियोगितामा विजेता बनेर लेटाङ  नगरको गौरव बढाएको भन्दै लेटाङ नगरपालिकाले सम्मानपत्र सहित दोसल्ला ओढाएर भाइबरलाई सम्मान गरेको हो । त्यस्तै लायन्स क्लव आफ लेटाङले पनि भाइबर साइमनलाई सम्मानपत्र सहित सम्मान गरेको छ । 

आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १का सूचना, सञ्चार तथा यातायात मन्त्री उपेन्द्र प्रसाद घिमिरेले लायन्स क्लवको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै, सोही कार्यक्रममा लेटाङ निवासी चर्चित गायक तथा नायक बाबु बोगटी र मीस टीन लेटाङकी विजेता स्मृती तामाङलाई समेत सम्मान गरिएको थियो। 

लायन्स क्लव अफ लेटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ सी गभर्नर धिरज गुरुङ लगायतका लायन्सका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । आयोजित कार्यक्रममा गायक बाबु वोगटी र भाइबर साइमनले आफ्नो सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...