News Portal

बेलायती प्रधानमन्त्री बन्ने दौडमा बाँकी रहे चार जना, भारतीय मुलका ऋषि सुनक सबैभन्दा अघि

हिमालीसंचार संवाददाता
३५३ पटक

बेलायत – बेलायतमा तेस्रो चरणको चुनाव भएपछि बेलायती प्रधानमन्त्री बन्ने दौडमा चार जना बाँकी रहेका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार कन्जरभेटिभ पार्टीका सांसदहरूले आफ्नो नयाँ नेता छान्न तेस्रो पटक मत हालेका थिए।

सबैभन्दा कम मत ल्याउने एक जना बाहिरिएसँगै अब चुनावी दौडमा चार जना नेता बाँकी छन्। अहिलेसम्म तीनै चरणका मतदानमा भारतीय मूलका सांसद ऋषि सुनकले अग्रता लिइरहेका छन्। दोस्रो चरणमा १०१ सांसदको मत पाएका ऋषि तेस्रो चरणमा थप १४ जनाको समर्थनसहित ११५ मत पाएका छन्। दोस्रो स्थानमा रहेकी अर्की सांसद पेनी मोर्डन्टले ८२ मत ल्याएर पछ्याएकी छन्।

दोस्रो चरणमा उनले मत ८३ थियो। तेस्रो स्थानमा रहेकी लिज ट्रसले ७१ मत पाएकी छन् भने अर्की सांसद क्यामी ब्याडनकले ५८ मत ल्याएकी छन्। यी चारबाट दुई जना अन्तिम उम्मेदवार छान्न मंगलबार चौथो चरणको चुनाव हुनेछ। त्यसरी छानिएका दुई जनामध्ये एकलाई कन्जरभेटिभ पार्टीका झन्डै २ लाख कार्यकर्ताले पार्टी नेताको रूपमा छान्ने छन्।

बेलायतमा सेप्टेम्बरमा ५ मा नयाँ प्रधानमन्त्रीको घोषणा हुने छ। सन् २०१९ को आम चुनावमा कन्जरभेटिभ पार्टील संसदमा बहुमत ल्याएकाले अबको प्रधानमन्त्री को हुने भन्ने निर्णय पनि सोही पार्टीका कार्यकर्ताले गर्छन्। बेलायती प्रधानमन्त्री यो दौडमा भारतीय मूलका सुनकको अग्रताले पनि रोचकता थपेको छ।

भारतीय मूलको पहिलो बेलायती अर्थमन्त्री बनेर रेकर्ड बनाएका ४२ वर्षीय सुनक प्रधानमन्त्री भए नयाँ इतिहास रच्नेछ। झन्डै २ सय वर्ष बेलायतले भारतमाथि शासन गरेको थियो।

भारतीय सञ्चारमाध्यमहरूले अहिले त्यही बेलायतमा शासन गर्ने व्यक्ति भारतीय हुन लागेको उल्लेख गरेका छन्। ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्। भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्।

सांसदहरूमाझ बढी मत ल्याएको भए पनि कन्जरभेटिभ कार्यकर्ताहरूमा ऋषिको भन्दा दोस्रो स्थानमा रहेकी पेनी मोर्डन्टको लोकप्रियता बढी रहेको द इकोनोमिस्टले उल्लेख गरेको छ। ऋषिलाई प्रधानमन्त्री बोरिस जोनसन पक्षले पनि रूचाएको छैन।

जोनसनको सत्ता बहिर्गमनमा सबैभन्दा ठूलो भूमिका ऋषिको रहेको जोनसन पक्षको बुझाइ छ। जोनसनसँग असहमति राख्दै ऋषिले राजीनामा दिएपछि जोनसन क्याबिनेटका मन्त्रीहरूको राजीनामाको ओइरो लागेको थियो। सुरूमा आफूले करोडौं बेलायती मतदाताको म्यान्डेट पाएको उल्लेख गर्दै सत्तामा रहन प्रयास गरेका जोनसनले चर्को दबाबपछि राजीनामा दिएका थिए। अहिले पनि जोनसन पक्षले ऋषिलाई नसघाउने देखिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...