News Portal

गङ्गाजमुना गाउँपालिकाबाट व्यापारीसँग रकम उठाउँदै गरेका दुई जनालाई पक्राउ

हिमालीसंचार संवाददाता
६०३ पटक

धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिकाका फुलखर्कबाट कर कार्यालयका कर्मचारी हौं भन्दै व्यापारीसँग रकम उठाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार फुलर्खकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेका छन्। पक्राउ पर्नेमा एक जना धादिङ स्ल्यानटारका र अर्का नुवाकोटका हुन्। प्रहरीका अनुसार, उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका थिए।

रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए। करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरण अनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर सङ्कलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...