News Portal

किरात राई यायोक्खाद्वारा “किरात प्रदेश” नामकरणका लागि थप आन्दोलनको धोषणा

हिमालीसंचार संवाददाता
१३७२ पटक

विराटनगर – प्रदेश नं. १ को नामकरण पहिचानको आधारमा “किरात प्रदेश” माग सहित आन्दोलित राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले आन्दोलन निर्णायक बनाउन एवम् जनदबाब दिन थप आन्दोलनको धोषणा गरेको छ।

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको अध्यक्ष दिवस राईको अध्यक्षतामा प्रदेश नं. १ विराटनगर स्थित संगम होटलमा बसेको कार्यसमितिको बैठकले “किरात प्रदेश” नामकरणका लागि अन्तिम तथा निर्णायक आन्दोलनका लागि थप आन्दोलन धोषणा गरेका हो। 

यायोक्खाले यहि साउन ५ गते बिहिबार पुर्वाञ्चलको १४ वटै जिल्लाको हरेक सदरमुकामको उपयुक्त स्थानमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको समन्वयमा र आयोजनमा १ घण्टा चक्का जाम पश्चात कोणसभाको आयोजना गर्ने। किरात प्रदेश नामकरणको अभियानलाई थप सशक्त बनाउँन किरात नामकरणका लागि पहिचान पक्षघर संघसंस्था, राजनीतिक दल र मोर्चा, संगठनहरुसंग समन्वय गरी साउन ५ गते काठमाडौमा बैंठक बसेर संयुक्त अभियानको वातावरण निर्माण गर्ने, विज्ञप्ति जारी गर्ने र आन्दोलनको अभियानमा सहकार्य गर्ने निर्णय गरेको छ। 

त्यस्तै, साउन ६ गते सास्कृतिक प्रदर्शन सहित प्रदेश नं. १ को राजधानी विराटनगरको रोडशेष चोकस्थित प्रदेशसभा भवन घेराउ गर्ने र साउन ८ गते बृहत जनप्रदर्शन सहित प्रदेश सभा भवन घेराउ गर्ने गरी आन्दोलनको घोषणा गरेको किराया महासचिव जनक राईले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...