News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तिहारपछि सडक आन्दोलन गर्ने राजेन्द्र महतोको चेतावनी

    हिमाली संचार संवाददाता
    ५७२ पटक

    जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान समयमा देशको परिस्थिती जटिल बन्दै गएको बताएका छन् ।

    शनिवार वडा दशैँ, दिपालवी र छठको अवसरमा प्रेस मञ्च नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले सरकारको काम गराईलाई दृष्टिगत गर्दै जनता असन्तुष्ट भईरहेको बताए ।

    धनुषा जिल्लाको क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता महतोले हामीलाई यस सरकारबाट अनेकन अपेक्षा रहेतापनि सरकारले केहि गर्न नसकेको आरोप लगाए । उनले सरकारले संविधान संशोधन गर्ने, मधेश आन्दोलनका विभिन्न मुद्दाहरु फिर्ता लिने र रेशम चौधरीलाई रिहा गर्ने लगायतका कामप्रति ईमान्दार नभएकोले हामी पर्वपछि सडक आन्दोलन गर्ने स्पष्ट पारे ।

    उनले भने– ‘हामीले सरकारलाई सित्तैमा समर्थन गरेका छैनौँ । संविधान संशोधन हुन्छ, हाम्रा सांसद रेशम चौधरीलाई रिहा गर्छ, टिकापुर प्रकरणमा विभिन्न कार्यकर्ताहरुमाथि लगाइएका झुठा मुद्दाहरु र मधेश आन्दोलनको क्रममा लगाइएका मुद्दाहरु सरकारले फिर्ता लिइन्छ भन्ने थियो, तर सरकारले हालसम्म कुनै पनि काम गर्न नसेकेकोले पर्व तिहारपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ ।’

    उनले देशमा गम्भिर प्रकृतिका घटनाहरु हुदाँ पनि सरकारले समयमा नियन्त्रणमा लिन नसक्नुले सरकारप्रति प्रश्न उब्जिएको बताए । उनले हत्या, हिंसा, बलात्कार, महँगी, कालाबजारीले देशमा अराजकता मच्चाइरहदाँ पनि राज्यले ७ महिनामा पनि केहि गर्न नसक्नु दुई तिहाइको तौहिन भएको स्पष्ट पारे ।

    उनले प्रान्तीय सरकारसँग आफ्नो शासन गर्नको लागि प्रशासन नभएकोले योजना तथा बजेट लागु गर्न प्रदेश सरकारलाई कठिनाइ भएको बताए । उनले शासनका लागि चाहिने संयन्त्र संघीय सरकारले नदिएकोले कतै संघीय धरापमा पार्ने केन्द्र सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाए । प्रदेशमा शासन गर्नका लागि आफ्नै प्रहरी र आफ्नै कर्मचारी अति आवश्यक रहेको स्पष्ट पारे । यसको लागि केन्द्र सरकारले कुनै वास्ता नगरेको आरोप लगाए ।

    राजपाबाट नीति आयोगमा २ जनाको नाम सिफरिस
    प्रदेशमा नीति आयोगको लागि राजपाले २ जना सिफरिस गरेको छ । प्रदेश नम्बर २ सरकारले गठन गरेको नीति आयोगमा राजपा नेपालबाट सुरेन्द्र झा र राजकुमार लेखी थारुलाई नियूक्तिको लागि सिफारिस गरिएको उनले जानकारी दिए । त्यस्तै प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको गठबन्धनको संयूक्त सरकार रहेको भन्दै उनले सरकार सञ्चालनका लागि राजपाको तर्फबाट सरकार सञ्चालन संयन्त्र गठन गरिएको बारे पनि जानकारी गराए ।

    प्रदेश सरकार संयन्त्र निर्माण
    सरकार संचालनमा निकै कठिनाई रहेको बखत गठन गरिएको को–अर्डिनेसन समितिले  सहजरुपमा प्रदेश सरकारको काम प्रभावकारी भए नभएको अनुगमन र कार्य योजना तथा दिशानिर्देशन दिनेछन् । यस समितिमा राजपाको तर्फबाट डा.विजयकुमार सिंह, मिर्गेन्द्र सिंह र शेखर सिंह रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...