News Portal

कोरिया जाने नेपाली श्रमिकको संख्या उल्लेख्य वृद्धि

हिमालीसंचार संवाददाता
४०८ पटक

काठमाडौं – कोरोना महामारीका कारण रोकिएको कोरिया पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ।

कोरोना कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन्। यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।

वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताए। 

‘हाल उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि कोरियाका रोजगारदाताले १० हजारको हाराहारीमा नेपालबाट श्रमिक लैजान भाषा परीक्षा भइरहेको छ,’ महानिर्देशक पौडेलले भने, ‘कोरोना संक्रमणपछि कोरियामा श्रमिक अभाव भए पनि अन्य देशको तुलनामा नेपालबाट धेरै श्रमिक लैजाने तयारी भएको हो। आजको कारोबार दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...