News Portal

काँग्रेस दोधारमै: सिट गुम्ने डरले नेपाली काँग्रेस गठबन्धनका लागि अझै दोधारमा

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन् ।

गत मंसिरमा सम्पन्न काँग्रेसको १४ औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा शेखर कोइराला पनि पछिल्लो समय कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा धारणा दिन थालेका छन् । 

तर, काँग्रेसका दोस्रो तहका मोहन बस्नेतसहितका केही नेताहरूले भने स्पष्ट रूपमा गठबन्धनका पक्षमा मुख खोलेका छैनन् । उनीहरू आफू निर्वाचित भएको क्षेत्र अरू दलका उम्मेदवारलाई छाड्न नहुने पक्षमा छन् । काँग्रेसका धेरै जसो नेताहरूलाई गठबन्धन नभए हारिने, गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने डर छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...