News Portal

मतदाता नामावली : २ लाख ५० हजार मतदाता थपियो, झापा जिल्लाबाट सबैभन्दा बढी नाम दर्ता

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौं – असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेको थियो। आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको हो।

आयोगका अनुसार सबैभन्दा  बढी बागमती प्रदेशबाट ६२ हजार ८ सय ५, प्रदेश १ बाट ५३ हजार ७ सय ७५ र मधेस प्रदेशबाट ४७ हजार ७ सय ५२ जनाले नामावली दर्ता गराएका छन्।

जिल्लाको हिसाबले नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापा जिल्लाबाट १३ हजार ७ सय ४४ छन्। १३ हजार ४ सय ५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...