News Portal

सार्वजनिक सवारीमा घटेको भाडा कार्यन्वयमा व्यवसायिको आनाकानी

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको थियो। 

भाडा वृद्धिको निर्णयलाई यातायात व्यवसायीले तत्कालै कार्यान्वयनमा ल्याए तर, पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले असार १२ गते सार्वजनिक यातायातको भाडा घटायो। भाडा वृद्धि गर्दा तल्कालै कार्यान्वयन गरेका यातायात व्यवसायीले भाडा घट्दा भने उक्त निर्णय अझै कार्यान्वयन गर्न सकेका छैनन् । 

सरकारको निर्णयलाई लत्त्याउँदै उनीहरूले महँगो भाडा शुल्क असुली गर्दै आएका छन्। स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालय तथा नागरिक समाजको बेवास्ताका कारण यातायात व्यवसायीले यात्रुबाट महँगो अर्थात् पुरानै भाडा लिइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...