News Portal

बेलायतको इतिहासकै अत्यधिक गर्मी, सरकारद्वारा ‘रेड अलर्ट’ जारी

हिमालीसंचार संवाददाता
४५५ पटक

बेलायत – बेलायती इतिहासमै योपटक सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डनमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरूले बताएका छन् । अत्यधिक तापक्रममा सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

बेलायतमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने, राष्ट्रिय आपत्कालको घोषणा समेत गरिएको छ । गर्मीका कारण धेरै मानिसहरूको मृत्यु हुन सक्ने अनुमान गरिए पनि वास्तविक आँकडा दिन भने यूके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख वैज्ञानिक प्रोफेशर ओलिभरले अस्वीकार गरेका छन् ।

बेलायती प्रधानमन्त्रीको कार्यलयल डाउनिङ स्ट्रिटमा आपत्कालीन बैठकको आयोजना गरिएको थियो । सोमबार र मंगलबार लन्डन, म्यानचेस्टर र योर्कलगायतका क्षेत्रमा मेट अफिसले ‘रेड अलर्ट’ चेतावनी जारी गरेको छ । मौसम भविष्यवाणी प्रविधि स्थापना भएयता यो नै पहिलोपल्ट अत्यधिक गर्मीको चेतावनी जारी गरिएको मेट अफिसले उल्लेख गरेको छ । 

अत्यधिक गर्मीका कारण ज्यानको खतरा, गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ । मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउन सक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या आउन सक्ने तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन हेल्थ व्यूरोले अनुरोध गरेको छ ।  

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...