News Portal

बेलायतको इतिहासकै अत्यधिक गर्मी, सरकारद्वारा ‘रेड अलर्ट’ जारी

हिमालीसंचार संवाददाता
४४२ पटक

बेलायत – बेलायती इतिहासमै योपटक सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डनमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरूले बताएका छन् । अत्यधिक तापक्रममा सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

बेलायतमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने, राष्ट्रिय आपत्कालको घोषणा समेत गरिएको छ । गर्मीका कारण धेरै मानिसहरूको मृत्यु हुन सक्ने अनुमान गरिए पनि वास्तविक आँकडा दिन भने यूके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख वैज्ञानिक प्रोफेशर ओलिभरले अस्वीकार गरेका छन् ।

बेलायती प्रधानमन्त्रीको कार्यलयल डाउनिङ स्ट्रिटमा आपत्कालीन बैठकको आयोजना गरिएको थियो । सोमबार र मंगलबार लन्डन, म्यानचेस्टर र योर्कलगायतका क्षेत्रमा मेट अफिसले ‘रेड अलर्ट’ चेतावनी जारी गरेको छ । मौसम भविष्यवाणी प्रविधि स्थापना भएयता यो नै पहिलोपल्ट अत्यधिक गर्मीको चेतावनी जारी गरिएको मेट अफिसले उल्लेख गरेको छ । 

अत्यधिक गर्मीका कारण ज्यानको खतरा, गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ । मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउन सक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या आउन सक्ने तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन हेल्थ व्यूरोले अनुरोध गरेको छ ।  

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...