News Portal

कुबेतमा यसरी मनाईयो २०९औं भानु जयन्ती

हिमालीसंचार संवाददाता
५१६ पटक

कुवेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतकाे फाहहिलस्थित ए.वान. नेपाली रेस्टुरेन्टमा भव्य रुपमा सम्पन्न भयाे।

हिजाे १५ जुलाई शुक्रवारका दिन २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण तथा राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्ष प्रबिन आचार्यको सभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रनध्वज लामा, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही नेपाल पत्रकार महासंघ कुवेतका सचिव चन्द विश्वकर्मा रहेका थिए।

अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार र साहित्यकार रहेका थिए। कार्यक्रम संचालनद्वय प्रसाद तिम्सिना र महासचिब बद्री न्यौपानेले गरेका थिए।

कार्यक्रममा तिलाचन बस्यालले स्वागत मन्तव्य राखेका थिए भने, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका कुवेतका सचिव चन्द्र गातामे तथा बिभिन संघसस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि, विशिष्ट अतिथि र प्रमुख अतिथि शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा साहित्यप्रेमी साहित्यकारहरुले रचना वाचन गर्दा निकै रौनकता छाएको थियो। अन्त्यमा कार्यक्रमका सभापति प्रविन आचार्यले कार्यक्रम समापन गरेका थिए। औपचारिक कार्यक्रम सम्पन्न पश्चात पनि नेपाली संगीतमय वातावरणमा नाचगान गरिएकाे थियोे।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...