News Portal

  • किरायाको नेतृत्वमा प्रदेश संसद र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने, पहिचान विरुद्ध नामकरण नगर्न यायोक्खाले दिए चेतावनी

    हिमालीसंचार संवाददाता
    ३१७ पटक

    सन्जिब कोयी/विराटनगर – प्रदेश नं. १ को नाम “किरात प्रदेश” राख्न आन्दोलनमा रहेका राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको आह्वानमा यहि साउन २ गते विराटनगर स्थित प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ । प्रदेश नं. १ को नामकरण विषयमा ध्यान आकर्षण गराउदा गराउदै, बिषय बुझाउदा बुझाउदै जबरजस्ति पहिचान बिरोधी नाम ल्याइए प्रदेश १ मा सोचे भन्दा गम्भीर परिस्थिति आउन सक्ने यायोक्खाले चेतावनी दिएको छ ।

    किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले प्रदेश नं. १ को नाम किरात प्रदेश राख्न करिब डेढ दशक अघिदेखि निरन्तर आन्दोलनमा रहेको छ। यायोक्खाले विगतमा २५ लाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्री शेरधन राईलाई बुझाउदै किरात प्रदेश नामकरणका लागि ध्यानर्षण गरेका थिए। 

    पछिल्लो समयमा प्रदेश सरकार र राजनीतिक दलका नेताहरुले प्रदेश नं. १ को नाम राख्न विभिन्न प्रस्ताव पेश गर्न थालेपछि किरात राई यायोक्खाको ध्यानर्षण भएपछि किरात राई यायोक्खाले व्यापक छलफल र दबाब मुलक कार्यक्रम घोषणा गरेको हो।

    किरात राई यायोक्खा केन्द्रिय समितिको अध्यक्ष दिवस राईको उपस्थितिमा बिहिबार असार ३० सुनसरी जिल्लाको धरानमा पत्रकार सम्मेलनको आयोजना गरी यहि साउन २ गते बृहत मोटरसाइकल ¥याली सहित प्रदेश नं. १ को राजधानी विराटनगर स्थित प्रदेश सभा र मुख्यमन्त्री राजेन्द्रकुमार राईको कार्यालय घेराउ गर्ने बताए।

    आन्दोलनमा रहेका किरात राई यायोक्खाले प्रदेश सभा घेराउ पछि मुख्यमन्त्री, सभामुख, विभिन्न पार्टीका संसदीय दलका नेता, प्रदेश सभा सदस्य र लेखक, पत्रकार, बिश्लेसकहरुको उपस्थितिमा ३ गते यायोक्खाद्वारा प्रकाशित किरात सभ्यता नामक पुस्तक सार्वजनिक गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

    यायोक्खा असार १५ गतेदेखि मातहतका जिल्लाहरुमा बैठक, भेला, बिभिन्न पार्टीका नेताहरुसँग भेटघाट गरिरहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । यायोक्खाले विभिन्न सामाजिक संगठन, जातीय संस्था, नागरिक समाज र पहिचान चाहने राजनीतिक दलहरका नेताहरुसंग भेटघाट गरी आन्दोलनमा सहकार्यको लागि वार्ता, छलफल गरिरहेको समेत उल्लेख गरिएको छ । 

    यायोक्खाले नेपालको संविधान २०७२ को संविधानको भावना अनुसार र साझा नाम किरात भएकाले “किरात प्रदेश” नामकरण गरिनु पर्ने उल्लेख छ । नेपालको इतिहासको लामो कालखण्डमा वल्लो किरात, माझ किरात र पल्लो किरात रहेको उल्लेख गर्दै विभिन्न ब्यक्ति तथा राजनीतिक दल भित्रका समूहले संविधानको भावना विपरित प्रदेशको नाम सगरमाथा, कोशी र सप्तकोशी प्रस्ताव गरेका हुनाले किरात राई यायोक्खाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घोर भत्र्सना  समेत गरेको छ । 

    यायोक्खाको नेतृत्व प्रदेश नं. १ का विभिन्न जिल्लाहरुमा विशेष गरेर धरान विराटनगरका पहिचानका लागि संघरत संस्थाहरुसंग समन्वय र सहकार्यका लागि समेत आवश्यक परामर्श र छलफलमा जुटेको छ। सुनसरीको धरानमा लिम्बुवान सहित छलफलमा जुटेको यायोक्खा आक्रमक रुपमा दबाव सिर्जना गरेर प्रदेश नं. १ को नामकरण किरात प्रदेश अभियानमा केन्द्रित भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...