News Portal

किरायाको नेतृत्वमा प्रदेश संसद र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने, पहिचान विरुद्ध नामकरण नगर्न यायोक्खाले दिए चेतावनी

हिमालीसंचार संवाददाता
३६८ पटक

सन्जिब कोयी/विराटनगर – प्रदेश नं. १ को नाम “किरात प्रदेश” राख्न आन्दोलनमा रहेका राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको आह्वानमा यहि साउन २ गते विराटनगर स्थित प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ । प्रदेश नं. १ को नामकरण विषयमा ध्यान आकर्षण गराउदा गराउदै, बिषय बुझाउदा बुझाउदै जबरजस्ति पहिचान बिरोधी नाम ल्याइए प्रदेश १ मा सोचे भन्दा गम्भीर परिस्थिति आउन सक्ने यायोक्खाले चेतावनी दिएको छ ।

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले प्रदेश नं. १ को नाम किरात प्रदेश राख्न करिब डेढ दशक अघिदेखि निरन्तर आन्दोलनमा रहेको छ। यायोक्खाले विगतमा २५ लाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्री शेरधन राईलाई बुझाउदै किरात प्रदेश नामकरणका लागि ध्यानर्षण गरेका थिए। 

पछिल्लो समयमा प्रदेश सरकार र राजनीतिक दलका नेताहरुले प्रदेश नं. १ को नाम राख्न विभिन्न प्रस्ताव पेश गर्न थालेपछि किरात राई यायोक्खाको ध्यानर्षण भएपछि किरात राई यायोक्खाले व्यापक छलफल र दबाब मुलक कार्यक्रम घोषणा गरेको हो।

किरात राई यायोक्खा केन्द्रिय समितिको अध्यक्ष दिवस राईको उपस्थितिमा बिहिबार असार ३० सुनसरी जिल्लाको धरानमा पत्रकार सम्मेलनको आयोजना गरी यहि साउन २ गते बृहत मोटरसाइकल ¥याली सहित प्रदेश नं. १ को राजधानी विराटनगर स्थित प्रदेश सभा र मुख्यमन्त्री राजेन्द्रकुमार राईको कार्यालय घेराउ गर्ने बताए।

आन्दोलनमा रहेका किरात राई यायोक्खाले प्रदेश सभा घेराउ पछि मुख्यमन्त्री, सभामुख, विभिन्न पार्टीका संसदीय दलका नेता, प्रदेश सभा सदस्य र लेखक, पत्रकार, बिश्लेसकहरुको उपस्थितिमा ३ गते यायोक्खाद्वारा प्रकाशित किरात सभ्यता नामक पुस्तक सार्वजनिक गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

यायोक्खा असार १५ गतेदेखि मातहतका जिल्लाहरुमा बैठक, भेला, बिभिन्न पार्टीका नेताहरुसँग भेटघाट गरिरहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । यायोक्खाले विभिन्न सामाजिक संगठन, जातीय संस्था, नागरिक समाज र पहिचान चाहने राजनीतिक दलहरका नेताहरुसंग भेटघाट गरी आन्दोलनमा सहकार्यको लागि वार्ता, छलफल गरिरहेको समेत उल्लेख गरिएको छ । 

यायोक्खाले नेपालको संविधान २०७२ को संविधानको भावना अनुसार र साझा नाम किरात भएकाले “किरात प्रदेश” नामकरण गरिनु पर्ने उल्लेख छ । नेपालको इतिहासको लामो कालखण्डमा वल्लो किरात, माझ किरात र पल्लो किरात रहेको उल्लेख गर्दै विभिन्न ब्यक्ति तथा राजनीतिक दल भित्रका समूहले संविधानको भावना विपरित प्रदेशको नाम सगरमाथा, कोशी र सप्तकोशी प्रस्ताव गरेका हुनाले किरात राई यायोक्खाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घोर भत्र्सना  समेत गरेको छ । 

यायोक्खाको नेतृत्व प्रदेश नं. १ का विभिन्न जिल्लाहरुमा विशेष गरेर धरान विराटनगरका पहिचानका लागि संघरत संस्थाहरुसंग समन्वय र सहकार्यका लागि समेत आवश्यक परामर्श र छलफलमा जुटेको छ। सुनसरीको धरानमा लिम्बुवान सहित छलफलमा जुटेको यायोक्खा आक्रमक रुपमा दबाव सिर्जना गरेर प्रदेश नं. १ को नामकरण किरात प्रदेश अभियानमा केन्द्रित भएको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...