News Portal

कुबेतको फर्वानियामा हिमालयन हाउस रेस्टुरेन्टको दोश्रो शाखाको शुभारम्भ

हिमालीसंचार संवाददाता
४५५ पटक

कुबेत – वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका सङ्ग सङ्गै व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवीहरुको लगानीमा हिजो २०२२ जुलाई ११ मा दोश्रो हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ गरेको छ।

शुद्ध, सफा र शान्त बाताबरणमा आफ्नो रोजाई अनुसारको विभिन्न नेपाली स्वादिष्ट परिकारहरुको खाना पाईने हिमालयन हाउस रेस्टुरेन्ट कुबेतको फर्वानियास्थित ब्लक-३ स्ट्रीट १११ अबस्थित रहेको उक्त रेस्टुरेन्ट फर्वानिय एरियामा बस्ने नेपालीहरुको लागि अत्यन्तै पायक पर्ने ठाउँ साथै अन्य ठाउँबाट आउनलाई यातायातको समेत राम्रो सुबिधा रहेको छ।

प्रेम गुरुङ, राम गुरुङ र निर गुरुङको समुहक लगानिकमा रहेको हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ समारोहमा कुवेतका लागि नेपाली राजदुत महामहिम दुर्गा प्रशाद भन्डारीलगायत राजदूतावास कुबेत, गैरआवासीय नेपाली सघ कुवेतका अध्यक्ष कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको उपस्थिती रहेको थियो।

सबै उपस्थित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हिमालयन हाउस रेस्टुरेन्टको संचालक टिमको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यहाँहरुको माया, हौशला र सहयोग निरन्तर पाईरहने छ भन्नेमा हामी ढुक्का रहने छौ।

अपेक्षा रहने भन्दै उपस्थित सबैलाई मिठो भोजनले स्वागत गरेका थिए। त्यस्तै हिमालयन हाउस रेस्टुरेन्टलाई सम्पर्क गर्नु परेमा साथै घरमै बसि आफुलाई मनपर्ने नेपाली परिकारहरु अर्डर गर्नु परेमा टेलीफोन, Talabat, Getdukan बाट उपलब्ध हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...